निर्वाचनको तयारी,दलीय सहभागीता लगायतका बिषयमा भारतको गम्भीर चासो
काठमाडौं । आगामी बैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनबारे भारतले गम्भीर चासो राखेको छ । संविधान जारी गर्दा र त्यसपछिका दिनमा नेपालको राजनीतिमा प्रत्यक्ष चासो राखेको प्रधानमान्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले निर्वाचनको तयारी, दलीय सहभागीता लगायत बिषयमा चासो राखेको हो ।
भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भारतीय राष्ट्रपति भवन पुगेका विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले निर्वाचनको तयारीबारे जानकारी मागेको भ्रमण टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रकाशसरण महतले जानकारी दिए ।
राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटमा राखिएको जिज्ञासाको जवाफ दिदै मन्त्री महतले सबैको भावना समेटेर चुनाव गर्ने कोशिसमा नेपाल सरकार रहेको उल्लेख गर्दै चुनावी प्रकृयामा नेपाल अघि बढिरहेको जानकारी गराएका थिए ।
यसैबीच, राष्ट्रपति भण्डारीसंगको भेटमा विदेशमन्त्री स्वराजले नेपालमा गएको भूकम्पपछिको पुननिर्माणका लागि भारतको सहयोगमा बनिरहेको परियोजनाहरु समयमै सम्पन्न होस् भन्ने पक्षमा भारत सरकार रहेको वताएकी थिइन् ।
परराष्ट्रमन्त्री महतकाअनुसार, स्वराजले ती परियोजना बारे १–१ महिनामा सम्बन्धित अधिकारीबाट जानकारी लिने गरेको र त्यसको विवरण प्रत्येक तीन महिनामा प्रधानमन्त्री मोदीलाई दिने गरेको जानकारी दिए ।
मन्त्री स्वराजले नेपाल–भारतको सम्बन्ध सहमति र सहयोगको अदानप्रदान भन्दापनि फराकिलो रहेको उल्लेख गर्दै दुई पक्षीय विश्वास र सद्भावले सम्ब्न्ध अझ फराकिलो बनाउने दाबी गरिन् ।
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












