निर्वाचन वैशाख ३१ मा एकै चरणमा गर्ने पाँच दलको निष्कर्ष
काठमाडौँ, ६ वैशाख । प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका छन् ।
निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटारमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासहितको बैठक बोलाउनुभएको थियो ।
प्रमुख पाँच दलका नेताहरुले स्थानीय तहको निर्वाचनका सम्बन्धमा उठेका भ्रम चिर्दै निर्धारित मितिमा एकै चरणमा हुने पनि स्पष्ट पार्नुभएको छ ।
बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवाले वैशाख ३१ मा कुनै पनि हालतमा निर्वाचन हुने बताउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने निश्चत भए केही स्थानमा दुई चरणमा निर्वाचन गर्न सकिने बारेमा छलफल भएको जानकारी दिनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मोर्चाले निर्वाचनलाई अवरोध गर्ने गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको सम्बन्धमा छलफल हुनुका साथै मोर्चालाई सहमति ल्याई निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो ।
निर्वाचनको सुरक्षामा कुनै कमी नरहेको बताउँदै उपप्रधानमन्त्री निधिले भन्नुभयो, “चारै सुरक्षा निकाय तयारी अवस्थामा छन् । कुनै पनी हालतमा वैशाख ३१ मा निर्वाचन हुन्छ ।”
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने र सकेसम्म सबैलाई सहभागी गराउन सत्ता र प्रतिपक्षबाट प्रयत्न गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । नेता नेम्वाङले वैशाख ३१ गते एकै दिन एकै चरणमा देशव्यापी रुपमा निर्वाचन सम्पन्न गर्ने निष्कर्षमा बैठक पुगेको बताउनुभयो ।
पाँच दलले मोर्चा र सङ्घीय गठबन्धनलगायत सबै दललाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म सत्ता पक्षले प्रयास जारी राख्ने र त्यसमा प्रतिपक्षले सकारात्मक सहयोग गर्ने निष्कर्ष निकालेका छन् ।
माओवादीका नेता एवम् ऊर्जामन्त्री जनार्दन शर्माले निर्वाचन निर्धारित मितिमा हुने कुरामा कुनै शङ्का नरहेको बताउँदै मधेस केन्द्रित दल निर्वाचनमा आउने भएपछि तयारीको समय चाहियो भने केही स्थानमा दोस्रो चरणमा पनि निर्वाचन गर्न सकिन्छ भन्नुभयो ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् अध्यक्ष दाहाल, नेताद्वय शर्मा तथा वर्षमान पुन, काँग्रेसबाट सभापति देउवा, नेताद्वय निधि र प्रकाशमान सिंह, एमालेबाट कार्यबाहक अध्यक्ष बामदेव गौतम, नेता माधवकुमार नेपाल र नेम्वाङ, राप्रपाबाट नेता एवम् आपूर्तिमन्त्री दीपक बोहरा र फोरम लोकतान्त्रिक तर्फबाट अध्यक्ष विजयकुमार गच्छदार र नेता रामजनम चौधरी सहभागी हुनुहुन्थ्यो ।
मोर्चा र गठबन्धनले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । रासस
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











