मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने
काठमाडौं, ६ वैशाख । मधेसी मोर्चामा आवद्धरहेका पाँच दलबीच एकता हुने भएको छ। सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीबीच एकताको घोषणा हुने भएको छ । आजै पार्टी एकताको औपचारिक घोषणा हुने मोर्चाका एक नेताले बताएका छन् ।
बुधबार राति अबेरसम्म बसेको वार्तामा पार्टीको नाम र नेतृत्वबारे सहमति भएको हो। ‘मधेस’ शब्द हटाउँदै अब एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति भएको छ। झन्डामा तीन रंगमा तीन रँगको प्रयोग गरिने भएको ।
पार्टीले एक वर्ष भित्रमा अधिवेशन गरिसक्ने गरी सहमति गरिएको छ । तमलोपा अध्यक्ष महन्त ठाकुरलाई सर्वोच्च नेता बनाउने सबैको सहमत भएपनि ठाकुरले त्यो पद आफूलाई नचाहिएको र अध्यक्ष मण्डलमै रहेर काम गर्न तयार रहेको बताएका थिए ।
आजै १२ बजे सबै दलका अध्यक्ष बसेर पार्टीको नामको अन्तिम टुंगो लगाउने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशब झाले जानकारी दिएका छन् ।
पार्टी एकीकरणमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत समेट्ने प्रयास भइरहेको तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिएका छन् । मोर्चामा रहेका दुर्इ दल नेपाल सद्भावना पार्टी र संघीय समाजवादी फोरमले यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












