जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्
बाबियाचौर (म्याग्दी), ७ वैशाख । म्याग्दीका वृद्धवृद्धाले चालु आवको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् ।
सरकारले प्रत्येक चारचार महिनामा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता निकासा हुन ढिलाइ हुँदा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । माघमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिकाबाहेकको स्थानीय निकायमा निकासा हुन सकेको छैन ।
भत्ता रकम समयमा नपाएका कारण वृद्धवृद्धाले गाउँपालिकाको वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् । स्थानीय तहको पुनःसंरचना अनुसार जिल्ला समन्वय समिति र गाउँपालिकाको खाता सञ्चालन गर्न ढिलाइ गर्दा लक्षित समुदाय सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।
गत माघ १५ गतेभित्र वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता तत्कालीन जिल्ला विकास समितिको ढिलासुस्तीका कारण अहिलेसम्म पाउन नसकेको ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई अघि बढाउन र आसन्न निर्वाचनमा मतदान केन्द्रलाई ज्येष्ठ नागरिकमैत्री बनाउन समाजले सम्बन्धित निकायसँग माग गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका सचिव कुलप्रसाद आचार्यले पुनःसंरचना र नयाँ खाता सञ्चालनमा भएको ढिलाइले सामाजिक सुरक्षा भत्ता वितरण, विकास योजना र कार्यक्रमको रकम भुक्तानीको काम प्रभावित भएको बताउनुभयो ।
गाउँमा जाँदा ज्येष्ठ नागरिकले शङ्का र गुनासो गरेको बताउनुभयो । जिल्ला समन्वय समितिका सामाजिक सुरक्षा भत्तासम्बन्धी फोकल पर्सन राजेन्द्र आचार्यले साविकको गाविस कार्यालयको खातामा सामाजिक सुरक्षा भत्ताको रकम पठाउने तयारी भएको अवस्थामा रघुगङ्गा र धौलागिरि गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिबाट तालाबन्दी भएपछि रोकिएको काम खाता परिवर्तनमा ढिलाइ हुँदा प्रभावित बनेको बताउनुभयो ।
जिल्ला समन्वय समितिको नयाँ संरचनाअनुसारको खाता सञ्चालन भएको र गाउँपालिकाको खाता सञ्चालन भएपछि अबको केही दिनमै रकम पठाइने आचार्यले बताउनुभयो । दोस्रो चौमासिकको करिब रु सात करोड सामाजिक सुरक्षा भत्ता वितरण हुँदैछ ।
म्याग्दीमा चालु आव २०७३\७४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या २३ हजार ३४४ जना रहेको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, (क) र (ख) वर्गका अपाङ्ग र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...













