रोजगारी दिने नाममा मानवअङ्ग बेचबिखन

काठमाडौँ, ७ वैशाख । पछिल्लो समय विभिन्न स्वास्थ्य शिविरमार्फत मानवअङ्ग झिक्नका लागि आधार तयार गर्ने गरेको पाइएको छ ।
आज राजधानीमा जनअधिकार संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचबिखन’ विषयक अन्तक्र्रियामा हालका वैदेशिक रोजगारीको आवरणमा हुने बेचबिखन तथा मानवअङ्ग झिक्न गरिने बेचबिखनका नयाँ स्वरुपका रुपमा देखा परेको जानकारी दिइयो ।
प्रहरी उपरीक्षक किरण बज्राचार्यले आपराधिक गिरोहले गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, निःशुल्क रक्तपरीक्षण गर्ने बहानामा व्यक्तिको विवरण तयार पारी फेरि अर्को समूहमार्फत मिर्गौला बिक्रीका लागि सहमत गराउने गरेको अनुसन्धानले देखाएको बताउनुभयो ।
नेपाल प्रहरीमा आव २०७१÷७२ मा १८१ मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आव २०७२÷७३ मा वृद्धि भई २१८ पुगेको जानकारी दिएको थियो ।
उहाँले काभे्रपलाञ्चोक, नुवाकोट, रामेछाप, मकवानपुरलगायत विभिन्न प्रलोभनमा परी बेचबिखनमा परेको जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रका मानिस रोजगारीका लागि बाहिर गएकामा महिला बढी जोखिममा परेको भए पनि सोहीअनुसार प्रहरीमा उजुरी नपरेको बज्राचार्यले बताउनुभयो ।
नेपालले ११० मुलुकमा श्रमका लागि जान स्वीकृति दिनसक्ने व्यवस्थाका कारण बेचबिखनका गिरोहले नयाँ नयाँ देशका लागि नयाँ बाटोमार्फत लैजाने गरेको पाइएको छ ।
प्रहरीले दर्ता परेका आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा चलाउने गरेको भए पनि यसका मुख्य एजेन्ट फेला नपर्दा नियन्त्रण गर्न नसकिएको बताइएको छ ।
यस्तो कसुर गरेमा प्रचलित कानुनबाहेक १० वर्ष कैद र रु २० हजार देखि ५० हजारसम्म जरिमाना, पीडितलाई कसुरदार भएको जरिमानाको ५० प्रतिशत रकम नकट्ने गरी क्षतिपूर्ति र कसुरदारको आर्थिक अवस्था कमजोर भएको खण्डमा अदालतले राज्यको पुनःस्थापना कोषबाट पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने कानुनी प्रावधान रहेको छ ।
जनअधिकार संरक्षण मञ्च नेपालका निर्देशक सतिश शर्माले काभ्रेपलाञ्चोकसहित नौ जिल्लामा गरेको अनुसन्धानअनुसार ३६ जना गाउँलेको मिर्गौला बिक्री भएको बताउनुभयो ।
‘‘धेरै व्यक्तिले आर्थिक अभाव, दुव्र्यसनी, समुन्नत जीवनको चाहना, ललाइफकाइमा परेर, स्वस्थ रहन एउटै मिर्गौला भए पनि हुन्छ भन्ने मानसिकता, फेरि मिर्गौला पलाउँछ भन्ने भ्रम र घरजग्गा पाउने आशामा धेरैले आफ्नो मिर्गौला बेचेको बताएका थिए’’ – उहाँले भन्नुभयो ।
अहिलेसम्म मिर्गौला बेचबिखनका पीडितको यकिन तथ्याङ्क नभए पनि काभे्रपलाञ्चोकमा मात्रै ३०० भन्दा बढी पीडित रहेको अनुमान छ । सिन्धुपाल्चोक, काठमाडौँ, गोरखालगायतका जिल्लामा पनि पीडित रहेको प्रहरीको भनाइ छ ।
शर्माका अनुसार उनीहरूलाई रु तीन लाखदेखि रु पाँच लाखसम्मको लोभ देखाइएको भए पनि रु ५० हजारदेखि रु एक लाखसम्म उपलब्ध गराइएको छ ।
लामो समयदेखि मानव बेचबिखनका विषयमा लेखिरहनुभएका पत्रकार दिनेश रेग्मीले मिर्गौला बेचबिखनमा परेका पीडितहरु धेरैले दिने भनिएको रकम पनि नपाउने र उनीलाई स्वास्थ्य, मानसिक, आर्थिक र समाजबाट अवहेलनाको सामना गर्नुपरेको बताए । रासस
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












