राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदैे
उडिसा (भारत), ८ वैशाख । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुने भएको छ ।
भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही वैशाख ४ गते मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आउनुभएकी राष्ट्रपति भण्डारीले आफ्नो पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नुभयो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत यहाँस्थित विभिन्न पार्टीका नेताहरुले राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्नुभएको थियो ।
भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सोही साँझ राष्ट्रपतिको सम्मानमा भारतीय समकक्षी मुखर्जीले राष्ट्रपति भवनमा रात्रिभोजको समेत आयोजना गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी भ्रमणको तेस्रो दिन इन्डियन एयरलाइन्सको विशेष विमानबाट गुजरात राज्यको राजकोट विमानस्थल पुग्नुभयो । त्यहाँबाट भारतीय वायु सेनाको हेलिकप्टरबाट सोमनाथ र द्वारिकानाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गर्नुभयो । सोही साँझ राजकोटमा गुजरातका मुख्यमन्त्रीले राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो ।
राष्ट्रपति भण्डारी भ्रमणको चौथोदिन बिहीबार भारतको मुख्य पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वरमा विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।
उहाँले यहाँस्थित उडिसा राज्य सरकारद्वारा सञ्चालित मिसन शक्ति नामको एक संस्थाले आयोजना गरेको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुभयो । साथै उहाँले यहाँस्थित लिङ्गेश्वरराज मन्दिरमा पुगेर पूजाआजा गर्नुभयो ।
भारत भ्रमणको अन्तिम दिन राष्ट्रपति भण्डारी आज उडिसा राज्यको पुरीमा रहेको जगन्नाथ धाममा पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
उक्त धामको दर्शनपश्चात् राष्ट्रपति भण्डारी यहाँस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली पुगेर त्यहाँबाट नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणमा समेत रहेर भ्रमणलाई सफल पार्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राष्ट्रपतिको यो भ्रमणले नेपालका लागि ठूलो अवसर भएको बताउनुहुन्छ । उहाँले राष्ट्रपतिको यो भ्रमणमा भारत सरकारले उच्च प्राथमिकताका साथ राजकीय सम्मान प्रदान गरेकाले पनि यो भ्रमण पूर्णरुपले सफल भएको बताउनुभयो ।
राजदूत उपाध्यायले राष्ट्रपति संविधानको रक्षक भएकाले भारतीय उच्च नेतृत्व तहमा सबै भेटमा आफ्नो भूमिकालाई अत्यन्तै मर्यादित र स्पष्ट रुपले राख्नुभएको बताउनुहुन्छ ।
राष्ट्रपतिले राखेका सबै विषयमा भारतीय सबै तहबाट सहमतिका रुपमा ग्रहण गरिनु नै सुन्दर पक्ष भएको उहाँको बुझाइ छ । “यसैले यो भ्रमण देश र जनताको पक्षमा सकारात्मक हो” – उहाँले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...













