रत्न आभूषणमा समस्या समाधान गर्न पहल गर्नेछु : ज्योत्सना श्रेष्ठ
काठमाडौं । २०६० सालदेखि नेपाल रत्न तथा आभुषण सँघमा कार्यरत द्धितिय उपाध्यक्ष ज्योत्ना श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको प्रतिनिधि रुपमा नेपाल उद्योग वाणिज्य महासँघका तर्फबाट दुवै देशको भ्रमणमा गएकी थिइन् ।
हालै उनी उद्योग वाणिज्य महासँघको कार्यकारी सदस्यमा निर्वाचित भएकी छिन् । उनी नेपाल रत्न तथ आभूषण सँघको अध्यक्षमा उम्मेद्धावारी दिने सोचमा छिन् । यदी मैले अध्यक्षमा चुनाव जितेभने, सुनचादी र रत्न आभुषणमा भएका समस्याहरुलाई समाधान गर्छु । यो क्षेत्रमा नीति नियमनै बनेको छैन त्यो अवस्थामा यदि म सँघको अध्यक्षमा चुनिए भने यो व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई समाधान गर्ने छु ।
अहिले ज्यालाको विषयमा सरकारले वाणिज्य विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सँरक्षण र नापतौल तथा गुणस्तर विभाग अनुगमन गर्न आउदा हामीले ताला लगाउने कुराहरु आउछन् । यसमा कतिपय व्यवसायिहरुले ताला लगाउने अवस्था छ । यसमा नीति नै छैन । के कुरामा उहाँहरुले अनुगमन गर्ने ? जर्ति के कति छुट पाउने कुनै नीति बनेको छैन ।
यसमा के कस्ता मापदण्ड छन् केही थाहा छैन । हामीले बेचेको सामान हामीले फिर्ता लिएकै हुन्छौ, छुट दिने कुराहरुमा दिएकै हुन्छौ । अब कस्तो नीती चाहीने यसबारेमा उहाँहरुले मापदण्डनै तोक्नु भा छैन । के आधारमा उहाँहरु अनुगमन गर्न आउनुहुन्छ र हामीले के आधारमा उहाँहरुलाई अनुगमन गर्न दिने भन्ने प्रश्नपनि उठिरहेको छ । बिना आधार र मापदण्ड गरिने अनुगमनलाई कसरी मान्यता दिने ? कुनै नीति नियम र मापदण्ड छैन । सुनचादीको गुणस्तरको सुनिश्चितता हुनुपर्दछ । ज्याला, जर्तिको पनि एउटा मापदण्ड बन्नुपर्दछ ।सुनको शुद्धता पनि तोकिनु पर्दछ । बाईब्याक गर्दाको अवस्थामा पनि एउटा मापदण्ड बन्नुपर्दछ । अनि मात्र अनुगमन गर्न सकिन्छ ।
सुन आयातमा पनि निजि क्षेत्रलाई खुला गरिनु पर्दछ । बैंक तथा बित्तिय सँस्थाबाट सुन खरिद गर्दा एक मुस्ट ठूलो परिणाममा खरिद गर्नुपर्ने व्यवस्था छ । साना व्यवसायीहरुले त्यसरी बैंकमा गएर खाता खोलेर , फर्म भरेर ठूलो परिणाममा सुन खरिद गर्न सक्ने स्थिति छैन । त्यसैले यसमा बैंकबाट २० \ २५ तोला सुन खरिद गर्न पाउने व्यवस्था हुनुपर्दछ । उनी भन्छिन् यदि म रत्न तथा आभुषण सँघको चुनावमा जितेर अध्यक्ष भए भने पहिलो यो व्यवसायको नीति नियम बताउने कुरामै जोड दिन्छु । हामी जस्ता व्यवसायीका लागि हित हुने नियम बनाउछु । मिल्छ भने नयाँ नीति नियमनै बताउन पहल गर्छु ।
नयाँ नीति नियम बनाउन हामीले वाणिज्य मन्त्रालय , उद्योग मन्त्रालयलाई हाम्रो मागहरु पेश गरेर नयाँ नीति ,नियम र मापदण्ड बनाउन पहल गर्छु । सुनचादी र रत्न आभूषण व्यवसाय गाउँ गाउँमा पनि छ । जहा लेखपढ गर्न नजान्नेहरुले पनि व्यवसाय गरिरहेका छन् । उनीहरुले व्यवसायको व्यवस्थित कारोवारको हिसाबकिताब राख्न सक्दैनन् । सरकारले उनीहरुलाई व्यवसाय गर्न सिकाउनु पर्दछ । अहिलेको तरिकाले अनुगमन गर्दा व्यवसायीहरु आतँकित भएर व्यवसायनै बन्द गर्नुपर्ने अवस्थामा रहन्छन् । त्यसैले यस कुरामा सरकार प्रष्ट हुनु जरुरी छ ।
नेपालमा रत्न तथा खनिजको सँम्भावना धेरै छन् । यहाँ रुवी , पथ्थर , काइनाइट उत्खनन् को राम्रो सँभावना छ । तर सरकारले यी बहुमूल्य पथ्थरहरु खानिबाट कसरी निकाल्ने भन्नेकुराको अध्ययन अनुसन्धान गरि उत्खनन् गर्नु पर्दछ । एउटा नीति नियम बनाएर उत्खनन् थाल्नुपर्दछ । सरकारले त्यसका लागि काम गर्न सक्दैन भने विदेशि कम्पनिलाई लगानी गर्न आवहान गर्नु पर्दछ । यसरी बहुमूल्य रुवी र पथ्थरहरु निकाल्न सकेमा सस्तो पर्न सक्छ । त्यसलाई विदेश निकासि गरि राज्यले विदेशि मुद्रा आर्जन गर्न सक्छ । स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ ।
अहिले नेपाल रत्न तथा आभूषण सँघको सदस्य ५ सयको हाराहारीमा रहेका छन ।मैले अध्यक्षमा उम्मेद्धारी दिनुको कारण मेरो सँघमा लामो नेतृत्व अनुभव , मैले सानै उमेरदेखि यो व्यवसायमा काम गर्दै आइरहेकी छु । त्यसैले यो क्षेत्रका समस्या प्रति म पूर्ण जानकार छु र समस्या समाधानकालागि सबैको सहमतिमा पहल गर्नेछु । म नेपाल उद्योग वाणिज्य महासँघको दुई कार्यकाल सदस्य भइसकेकाले यसकालागि महासँघ समेतको पहलमा समाधान खोज्न प्रयत्न गर्नेछु । म अध्यक्षमा भएमा यो व्यवसायका समस्या पूरा गर्न सक्छु भनेरनै अध्यक्षमा उम्मेद्धवारी दिन लागेकी हु ।
यो पनि पढ्नुस् ।
http://news-nepal.com/%E0%A4%86%E0%A4%AD%E0%A5%81%E0%A4%B7%E0%A4%A3-%E0%A4%B8%E0%A4%82%E0%A4%98%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%9C%E0%A5%8D/
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












