निर्वाचनमा बालबालिकाको प्रयोग नगरिने प्रतिबद्धता
नेपालगन्ज, ९ वैशाख । बाँके जिल्लाका राजनीतिक दलहरुले स्थानीय निकाय निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला बालकल्याण समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘स्थानीय निकाय निर्वाचन र बालअधिकार संरक्षण तथा प्रवद्र्धन’ विषयमा राजनीतिक दलका पदाधिकारी, प्रतिनिधिसँग गरिएको छलफलपछि दलहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
बाँके युनेस्को क्लब, सेभ द चिल्ड्रेन, युनिसेफको सहयोगमा आयोजित कार्यक्रममा वीरेन्द्र थापाले बालबालिकासम्बन्धी कानुन, ऐन, उनीहरुको प्रयोगको प्रावधान, निर्वाचन आचारसंहितालगायत बाल अधिकारसम्बन्धी अन्य व्यवस्थाबारेको प्रस्तुतिमा सहभागीबीच छलफल समेत गराइएको थियो ।
त्यस अवसरमा प्रजिअ रविलाल पन्थले निर्वाचन र राजनीतिक दलका अन्य कुनै पनि क्रियाकलापमा बालबालिकाको प्रयोगमा रोक लगाइएको बताउँदै यसमा जिल्ला बालकल्याण समितिले अनुगमन गर्ने व्यवस्था समेत मिलाइएको जानकारी गराए ।
स्थानीय निकाय निर्वाचनमा बा“के जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाता छन् । जिल्लाका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकामा एक लाख २५ हजार नौ सय ३९ पुरुष, एक लाख २० हजार एक सय ४१ ज् महिला र एक तेस्रो लिङ्गीले मतदान गर्न पाउने छन् ।
दोस्रो संविधानसभा सदस्य निर्वाचनभन्दा ४४ हजार मतदाता आगामी निर्वाचनमा बढी छन् । “दोस्रो संविधानसभा सदस्य निर्वाचनमा दुई लाख नौ हजार १६७ जना मतदाता थिए”, निर्वाचन अधिकारी वसन्तराज अधिकारीको भनाइ छ । रासस
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












