भाइको हत्या आरोपमा दाजु भाउजु पक्राउ
लहान, ९ वैशाख । आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी राय रहेका छन् ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा २०७३ फागुन १७ गते राति घरमा आगलागी हुँदा घरको कोठामै भाई प्रदीप रायको जलेर मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान गर्दै जादाँ फुलगेन र निरोदेवीको संलग्नता रहेको देखिएकाले दुबै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताउनुभयो । काठमाडाँैमा प्रतिज्ञा मेनपावर सञ्चालन गर्दै आएका प्रदीप साथीको भतिजोको बिहेमा सहभागी हुन मिर्चैयास्थित घर आएको र सोही क्रममा दाजु र भाउजुको योजना अन्तर्गत प्रदीपको हत्या भएको अनुमान प्रहरीको छ । रासस
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...













