कविता : मुहार पुस्तक
आफू
राजधानीमा बसेर
छानीछानी
पाठ्यक्रम
भित्र-बाहिरका
पढिरहँदा मलाई
ती
दुर्गम गाउँका बालबालिकाहरुको याद आउँछ ।
जो सरकारले निःशुल्क दिने भनेको
पुस्तकको बाटो हेरेर
शैक्षिक वर्षको अन्तिमसम्म पनि
टोलाई रहन्छन् ।
उनिहरुको आवश्यकतालाई
सरकारले
पढ्यो कि पढेन ?
कि पढ्न चाहेन ?
या त ,
पढे पनि बुझ्न सकेन ?
भोलि देशको अभिभारा
बोक्ने काँधमा
बल थपिदिनुको साटो,
बेर्थै अनेक सपना सजाएर
किन गलाउँछौ उनिहरुलाई ?
मोबाइलमा ‘मुहार पुस्तक’ पढेर
ठूल्ठूला आदर्श छाट्ने
बालबालिकाहरुको निम्ति काम गर्न शहर बस्ने
विद्वान् महोदय
तपाईंले निःशुल्क शिक्षा दिएको
‘स्टाटस’ लेख्दैमा
सबै बालबालिकाले शिक्षा पाएका छन् र ?
आफूलाई विद्वान ठान्नुहुन्छ भने
एकपटक
त्यो मोटर बाटो पर्खेर बसेको
दुर्गम गाउँ गएर,
पढेर ठूलो मान्छे बन्ने
लक्ष्य लिएका निर्दोष बालकहरुको
आशाका मसीले छापिएको
‘मुहार पुस्तक’ पढ्नुहोस् ।
पूर्णिमा प्रतिबिम्ब, कास्की
हाल :काठमाडौं
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












