विश्व औलो दिवसः के हो औलो रोग ?
बनियानी (झापा), १२ वैशाख । सन् २००३ देखि २००५ सम्म महारामारीका रुपमा रहेको औलो रोग झापामा उन्मूलन उन्मुख बन्दै गएको छ ।
जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेका अनुसार चालु आवमा झापामा आठ जनामा मात्र औलो रोग फेला परेको छ ।
यस वर्ष बनियानी, पाठामारी, बुधबारे, बिर्तामोड, भद्रपुर र पृथ्वीनगरमा एक÷एक जना तथा सतासीधाममा दुईजना औलो रोगी भेटिएको उहाँले बताउनुभयो ।
पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने झापामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको देखिन्छ । आव २०७०÷७१ मा ८९ जना, ०७१÷७२ मा ५८ जना, ०७२÷७३ मा ४२ जना र चालु आव आठ जनामा मात्र औलो रोगी फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
औलो नियन्त्रणका लागि सन् २००८ देखि सन् २०१५ सम्ममा झापामा करिब दुई लाख थान सुपानेट (झुल) वितरण गरिएको थियो । गाउँ तथा सहरी गरी ६६ वटा स्वास्थ्य संस्थाबाट द्रुत निदान विधिबाट औलोको निःशुल्क परीक्षण तथा औषधि वितरण हुँदै आएको घिमिरेले बताउनुभयो ।
मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट पीताम्बर ठाकुरले १२÷१३ वर्षअघि झापामा औलो भयावह अवस्थामा रहेको बताउनुभयो । “मैले यहाँ काम गरेको १४ वर्ष भयो, पहिले औलोको जोखिम उच्च थियो” उहाँले भन्नुभयो, “अहिले हामी शङ्का लागेका बिरामीलाई जाँच गराउँछौँ तर औलोका केस कम्ती भेटिन्छन् ।”
“पहिले सीमावर्ती भारतीय क्षेत्रमा औलो महामारीका रुपमा थियो, हाट बजार गर्न जाँदा औलो जोखिम बढी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त्यहाँ पनि औलो घट्दै गएको छ ।”
सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ । तराई र भित्री मधेसका ३१ जिल्लालाई उच्च प्रभावित जिल्लाका रुपमा सरकारले राखेको छ ।
औलोको लक्षण
ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् ।
फाल्सिफोरम परजीवीका कारण हुने औलोमा इन्सेफलाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ ।
रोकथाम
यसका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, विषादीयुक्त झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउने गर्नुपर्छ ।
त्यस्तै मोरङमा औलो रोगीको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ ।
सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कीटनाशक औषधि छर्कने, निःशुल्क औषधि वितरण र औलो रोगविरुद्ध जनचेतना जगाउनेलगायतका कार्यक्रमका कारण सो रोगको प्रभाव क्रमिक रुपमा घट्दै गइरहेको हो ।
मोरङमा २०७०÷०७१ मा २० जनामा औलो रोग फेलापरेको थियो भने क्रमिक रुपमा घट्दै गत आवमा मात्र सातजना सो रोगबाट पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले जनाएको छ ।
यस जिल्लाको मधुमल्लामा तीनजना, कोसी–हरैचा नगरपालिकामा दुईजना र बेलबारी र विराटनगरमा एक–एक जना रोगी फेलापरेको सो कार्यालयका प्रमुख चन्द्रदेव मेहताले जानकारी गराउनुभयो ।
एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गरेको जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीले जानकारी गराउनुभयो । उहाँले सो रोगबाट पीडित व्यक्तिको परिवारको सम्पूर्ण सदस्यका साथै आसपासका परिवारका सदस्यको समेत रगत परीक्षण गर्ने गरिन्छ ।
रोग फैलिन नदिने उद्देश्यले प्रभावित क्षेत्रका व्यक्तिको रगत परीक्षणका साथै वर्षमा दुई पटक कीटजन्य औषधि छर्कने गरिएको उहाँले थप्नुभयो ।
यसैबीच, विश्व औलो दिवसको अवसरमा आज बिहान जिल्ला जनस्वास्थ्य कार्यालयले जनचेतना फैलाउने उद्देश्यले विराटनगरमा प्रभातफेरी गरेको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












