श्रीमान् दसबर्षदेखि बेपत्ता,बालबच्चा कसरी हुर्काउँ ?
रामपुर (पाल्पा), १२ वैशाख । धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन बनेका छन् । रातदिन श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उहाँलाई न रातमा निद्रा न दिनमा भोकजस्तै भएको छ ।
श्रीमती र चारजना सन्तानका अभिभावक रहेकी समिरुनका श्रीमान् छोराछोरीको पढाइ खर्च र घरखर्च चलाउनका निम्ति भारत पसेको लामो समय बितिसक्दा पनि परिवारको कुनै सम्पर्कमा अहिलेसम्म छैनन् । श्रीमान् बेपत्ता भएपछि चारजना छोराछोरीको लालनपालन पढाइ खर्च गर्न उहाँलाई निकै समस्या छ ।
बास बस्ने एउटा सानो झुप्रो पनि नहुँदा उहाँ अर्काको घरमा डेरामा बस्न बाध्य हुनुहुन्छ । उहाँले रामपुरको बाङ्गेपसल नजिकै एक घरमा तीन कोठा भाडामा लिएर जीवन गुजारा गर्दै आउनुभएको छ । साँभm बिहान के खाने के लाउने भएको बखतमा बास बस्ने एउटा थलोसम्म नहुँदा उहाँलाई घरभाडा कसरी तिर्ने भन्ने समस्या रातदिन बल्झिरहेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “गरेर खाने एक टुक्रा जमिन छैन, दश नङ्ग्रा खियाएर रातदिन मजदुरी नगरेसम्म साँझ बिहान चुलोमा आगो बल्दैन ।” उहाँका चार सन्तानमध्ये जेठो छोरो जुम्मादिन मियाँ शारीरिक तथा मानसिक रुपमा पूर्ण अशक्त हुनुहुन्छ । उहाँ अहिले २३ वर्ष पुग्नुभयो । १० वर्षको उमेरमा मेनिन्जाइटिस रोगका कारण छोरो जीवनभर अपाङ्ग भएर बस्नुपरेको आमा समिरुनको भनाइ छ ।
“उपचारका लागि त्यस समयमा रु तीन लाखभन्दा बढी खर्च गरियो तर निको भएन, छोरो जीवनभर अपाङ्ग भयो”– “छोरो अपाङ्ग नभएको भए अहिले ठूलै भइसकेको थियो, काममा सघाउँथ्यो” उहाँले भन्नुभयो । बाउ बेपत्ता भएपनि छोराले केही गर्छ भनेको उल्टै छोरो जीवनभर अर्काको सहारामा बस्नुपरेको उहाँले बिलौना गर्नुभयो ।
“उपचार गर्दा केही समय त छोरो निको हुन्छ भन्ने ठानेकी थिएँ, पछि डाक्टरले निको नहुने बताएपछि मनमा पिरैपिरको ठूलो भारीले रातदिन सताउने गरेको छ” उहाँले भन्नुभयो । उहाँका कान्छो छोरा अब्दुल हुसेन अहिले ११ वर्षका भए । उनी एक वर्षको हँुदा बुबाले घर छोडेका हुन् ।
उनलाई बुबाको माया र सम्झनाबारे कुनै अत्तोपत्तो छैन । साथीहरुले बुबाको बारेमा कहिलेकाहीँ जिस्काउने र सोध्ने गरेको उनी बताउँछन् । कान्छी छोरी हसिना खातुन १५ वर्ष पुगिन् । खातुन बुबा अझै पनि घर आउने आशा लागेको बताउँछिन् ।
समिरुनले दिनभर मजदुरी गरेर दिनमा रु ४०० देखि ५०० सम्म बुझेको रकमले घर व्यवहार, छोराछोरीको पढाइ खर्च जुटाउँदै आउनुभएको छ । बास बस्ने सानो झुप्रो नहुँदा पनि उहाँलाई परिवार पाल्न निकै धौधौ छ ।
दुःखसुख गरेर एउटा बास बस्ने झुपडी बनाउन पाए हुन्थ्यो, एक टुक्रा जमिन पनि आफ्नो नहुँदा निकै पिरोलेको उहाँले पीडा पोख्नुभयो । समिरुनले अझै पनि श्रीमान् घर आउने आशा भने मार्नुभएको छैन । एक दिन छोराछोरीको मायाले घर फर्कने आशा उहाँमा अझै जिवित छ । रासस
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ पुस २१ गते आइतवार
मेष श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा...
-
विपन्न समुदायका तीन हजारलाई कपडा वितरण
काठमाडौं । ब्राहमण समाज कैलालीले विपन्न समुदायका लागि कपडा वितरण सुरु गरेको छ । यही पुस १ गतेदेखि सुरु गरिएको...
-
चीनमा आगलागी हुँदा आठ जनाको मृत्यु
काठमाडौं । उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी आठ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका स्थानीय...
-
विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ...
-
मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरू भइसकेको छ । यस वर्षलाई लक्षित गर्दै नयाँ चलचित्रले...
-
लागुऔषधसहित १० जना पक्राउ
काठमाडौं । कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन् सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली...
-
‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति
काठमाडौं । ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले...
-
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप
काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने...
-
अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
काठमाडौं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल...