लेक लागेर बर्सेनि दुईजना पर्यटक ज्यान गुमाउँछन्
मुस्ताङ, १३ वैशाख । हिमालपारिको जिल्ला मुस्ताङमा बर्सेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो । गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको प्रहरीको तथ्याङ्कमा छ । दुवैजना मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा अचानाक बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले उच्च क्षेत्रमा जाँदा आवश्यक सावधानी नअपनाउँदा पर्यटकले ज्यान गुमाउने गरेको बताउनुभयो । “पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या विदेशी पर्यटक र नेपाली पर्यटक बराबर नै छन्”, उहाँले भन्नुभयो । मुक्तिनाथ क्षेत्रका स्थानीयवासीले मुक्तिनाथ स्वास्थ्यचौकीमा अक्सिजनको व्यवस्था गर्न माग गरेका छन् ।
गाउँमुखिया सुरज गुरुङले स्वास्थ्यचौकीमा अक्सिजन नहुँदा मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो ।
धार्मिकस्थल मुक्तिनाथसहित कागबेनी, दामोदरकुण्डलगायत मुस्ताङको प्राकृतिक सुन्दरताका कारण बर्सेनि हजारौँ पर्यटक दर्शन र भ्रमणका लागि आउने गरेका छन् । एक वर्षमा मुस्ताङमा ४० हजारभन्दा बढी बाह्य पर्यटक भ्रमणका लागि भित्रिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












