नेपाली ग्राहक ‘फिला’ स्पोर्ट्स ब्रान्डका ‘फिदा’ बनेका छन् : जनरल म्यानेजर के.सी

सत्र वर्षदेखि नेपाली उपभोक्तालाई उच्च स्तरका विदेशी ब्रान्डेड सामान उपलब्ध गराउँदै आएको लोकप्रिय कम्पनी हो– स्पोर्ट प्लाजा प्राइभेट लिमिटेड ।
सन् २००० देखि नेपाली बजारमा यस कम्पनीले रिबक, ली, जस्ता ब्रान्डेड र विश्वप्रसिद्ध स्पोर्ट्स सामानहरू बिक्रीवितरण गर्दै आएको छ । यसले हालै मात्र विश्वकै चर्चित ब्रान्ड ‘फिला’ लाई समेत नेपाली बजारमा लन्च गरेको छ । यस सफल कम्पनीका पछाडि थुप्रै सफल हातहरु छन् । तिनैमध्ये एक प्रमुख व्यक्तित्व हुन् जनरल म्यानेजर दिलिप केसी । प्रस्तुत छ: केसीसँग न्युज-नेपालकी पत्रकार बिमला सापकोटाले गरेको कुराकानी
थुप्रै ब्रान्डेड कम्पनीका सामान बिक्री गरिरहनुभएको छ । अहिले फेरि अर्काे चर्चित ब्रान्ड ‘फिला’ को डिलरसिप लिनुभयो, यसको कारण के हो ?
– फिलाको ब्रान्डेड बजार बढ्दैछ । ब्रान्डेड सामान लगाउने चलन नेपाली ग्राहकमा बढेको छ । फिला इटालियन कम्पनी हो । यो स्पोर्ट्स र लाइफ स्टाइल ब्रान्डेड भएकाले यसले स्पोर्ट सामानहरु पनि बनाउँछ यसकोे फेसन अहिले विश्वभरि चलिरहेको छ । नेपाली ग्राहकलाई पनि विश्वबजारसँग नजिकब बनाएर केही फरक ब्रान्डको अनुभूति गराउन नेपालमा फिला ब्रान्ड ल्याएका हौं ।
रिबक , नाइक ब्रान्ड आएको २० वर्षभन्दा बढी भइसक्यो, तर फिला किन ढिला नि ? अन्य ब्रान्डको तुलनामा यसमा के फरक छ ?
– बजारको मागअनुसार फिला पनि बजारमा चल्छ भन्ने विश्वास लिएर हामीले डिलर लिएका हौं । फिलामा अलिकति फरक के छ भने अहिले नेपाली बजारमा कपीको एकदमै समस्या छ । जस्तै, रिबकजस्ता ब्रान्डेडको चाहिँ जस्ताको तस्तै कपी बजारमा पाइन थालेको छ । तर फिलाको कपी अहिलेसम्म बजारमा छैन । यसले फेसनलाई पनि समेट्ने र स्पोट्र्सलाई पनि कभर गर्ने भएकाले यसलाई ग्राहकले मन पराउनुभएको छ ।

फिला स्पोर्ट्स ब्रान्ड नेपालीले किन्न सक्छन् त ?
– हामीले फिलालाई २० देखि २५ प्रतिशत कम माकिङ गरेर बेचेका छौं । अरु ब्रान्डमा २ हजार २५ सयभन्दा घटीको टिसर्ट छैन । सुजहरु पनि २ हजार २५ सयदेखि बेच्ने गरिन्छ । जब कि ब्रान्डहरुमा ६ हजार घटीको सुज नै छैन । सस्तो मूल्यमा किन्नुपर्दा पनि फिला रोजाइमा पर्न सक्छ ।
के अब नेपालीमा ब्रान्डप्रति सचेतना आएको हो ?
– हामीले सन् २००० मा रिबक खोल्दा धेरै गाह्रो भएको थियो ग्राहकहरुलाई सम्झाउन । मान्छेले मजाक गरेर भन्थे, बारी जोत्ने एक हल गोरु आउँछ भनेर । अहिले यो २० वर्षमा धेरै कुरा फरक भएको छ । ग्राहकहरुको सोचमा फरक आएको छ । अहिले नेपालीहरु धेरै शिक्षित भएर पनि होला, यो ब्रान्डको कुरा बुुझाउन सजिलो भएको छ ।
फिलाको एउटा मात्र सोरुम दरबारमार्गमा छ । थप अन्य ठाउँमा राख्नुहुन्छ कि के छ ?
– अहिले दरबारमार्गमा भर्खरै खोलेका छौं । छिटै नै लन्च हुन्छ । त्यसपछि फिलाका सामान हामी कुमारी पार्टी सिभिल टाउन अन्य ठाउँमा राख्छौं र काठमाडौंबाहिर चाहिँ हामीले पोखरामा चाँडै नै यो ब्रान्ड राख्ने भएका छौँ ।

अरू अन्य कुन–कुन स्पोटर््स ब्रान्ड ल्याउँदै हुनुहुन्छ ?
– अहिले ली जिन्स, फिला स्पोटर््स ब्रान्ड ल्याएका छौ र अर्को महीना हामी न्यु ब्यालेन्स पनि लन्च गर्दैछौं । न्यु ब्यालेन्स धेरै ठूलो ब्रान्ड हो । यो स्पोटर््स ब्रान्ड अन्तर्गत हामीले ४–५ वटा चलाउने विचार गरेका छौं ।
अन्त्यमा ग्राहकहरुलाई केही सन्देश छ कि ?
– ग्राहकहरुले हामीलाई धेरै साथ र सहयोग गर्नुभएको छ । त्यही कारण आज हामीले रिबक, ली जिन्स, फिला र न्यु ब्यालेन्स लिएर आएका छौ । यो माया सधैं कायम रहोस् भन्न चाहन्छु ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












