डीआइजी नवराज सिलवालको पक्ष लिएर यस्तो भने ओलीले
काठमाडौं, १४ वैशाख । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको बचाउमा उत्रिएका छन् ।
बिहीबार एमालेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा नवराज सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप लगाए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको दाबी गर्दै ओलीले भने, ‘कहाँबाट प्राप्त भयो त्यो बग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’
उनले अघि भने, ‘यो सरकार धाँदलीबाज हो, कीर्ते हो । यसको प्रमाण हो त्यो । किनभने नवराज सिलवालले अदालतमा पेश गरेको र त्यसपछि सरकारले नवराजको त्यो चाहिँ होइन, यो चाहिँ हो भनेर पेश गरेको उही छ ।’
गृहसचिव, तत्कालीन एआईजी र आईजीपी उही हस्ताक्षर भएको दुई वटा कार्यसम्पादन कसरी हुन्छ भन्दै ओलीले सिलवालले नभई सरकारले कीर्ते गरेको दाबी गरे । अहिले सरकारले सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकनको हस्ताक्षर कीर्ते हो भन्न फरेन्सिक ल्याबलाई दबाव दिइरहेको उनको दाबी छ ।
बहालवाला डीआईजीलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पत्रलाउ गरिएको भन्दै ओलीले सरकारमाथि प्रहरीमार्फत आतंक सिजना गरेको आरोप लगाए ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












