सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो ।
कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुनेछ ।
नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।
त्यसैगरी, इसिएन एप आयोगको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ वा बलमचयष्म ष्यक मोबाइलको प्लेस्टोर वा एप्पल मोबाइलको एप स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिनेछ ।
मोबाइल एपबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणामलगायत विभिन्न १० वटा विषयमा जानकारी पाइने छ ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले कल सेन्टर र मोबाइल एपको सञ्चालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले आयोगले सञ्चालनमा ल्याएको कल सेन्टर र मोबाइल एपको प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो । निर्वाचन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवम् सहसचिव लक्ष्मीप्रसाद यादवले आयोगले सञ्चालनमा ल्याएको एपबाट निर्वाचनसम्बन्धी जानकारी नेपाली र अङ्ग्रेजी दुवै भाषामा सरल रुपमा पाउन सकिने बताउनुभयो ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












