बालबालिकालाई राजनीतिमा प्रयोग गर्न नपाइने
पाल्पा, १५ वैशाख । बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।
विभिन्न बहानमा बालबालिकालाई निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भन्दै उनीहरुले यस्ता कार्यलाई तत्काल रोक्नुपर्ने धारणा व्यक्त गरें ।
शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पाल्पाले तानसेनमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिए पनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको दुःख व्यक्त गर्नुभयो ।
विद्यालय परिसरमा राजनीतिक गतिविधि गर्दा बालबालिकामा नकारात्मक प्रभाव परेको छ, शिक्षाका लागि राष्ट्रिय अभियान सञ्जाल पाल्पाका सदस्य शालीकराम पाण्डेले भन्नुभयो – ‘स्थानीय तहको निर्वाचनमा बालवालिकालाई प्रयोग गर्न नहुनेमा समाजका सबै पक्ष सजग र सचेत हुनुपर्दछ ।’
कुनैपनि विद्यालयका विद्यार्थीलाई राजनितिक गतिविधिमा
प्रयोग गरेको वा विद्यालय क्षेत्रमा राजनीतिक कार्यक्रम गर्नेहरुलाई कारबाहीको माग गर्दै सहभागीहरुले जिल्ला शिक्षा कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।
यसैगरी जिल्लास्थित विभिन्न राजनीतिक पार्टीका कार्यालयमा पुगेर पनि उनीहरुले शान्ति क्षेत्र घोषणा गरिएको विद्यालयमा राजनीतिकगतिविधि नगर्न माग गरेको सदस्य पाण्डेले जानकारी दिनुभयो ।
सञ्जालका सहसंयोजक तथा इन्द्रेणी समाज पाल्पाका प्रमुख रुद्र मश्राङ्गीको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षक महासङ्घ, नागरिक समाज अगुवाको सहभागिता थियो ।
त्यस्तै बाँकेमा विभिन्न राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएपछि जिल्ला बाल कल्याण समिति तथा बालबालिकाका क्षेत्रमा कार्यरत सामाजिक संस्थाले त्यसको खुलेर प्रशंसा गरेका छन् ।
बाँके जिल्लाका राजनीतिक दल जस्तै अन्य जिल्लाका दलहरुले पनि यसको सिको गर्नुपर्ने र निर्वाचन एव्म दलका सबै खाले गतिविधिमा बालबालिकाको प्रयोगमा पूर्ण रुपमा रोक लगाउनुपर्नेमा पनि ती संस्थाले आग्रह गरेका छन् ।
जिल्ला बाल कल्याण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले “यहाँका दलहरुले अहिलेसम्म निर्वाचन प्रयोजन र दलका अन्य गतिविधिमा बालबालिकाको प्रयोग गरेको पाइएको छैन भन्नुभयो । ”
जिल्ला बाल कल्याण समितिले नेपालगन्जमा आयोजना गरेको ‘स्थानीय निकाय निर्वाचन र बाल अधिकार संरक्षण तथा प्रवद्र्धन’ विषयक छलफलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राजमो, जनता दललगायत १३ दलका पदाधिकारी र प्रतिनिधिले राजनीतिक गतिविधि र स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए ।
प्रजिअ पन्थका अनुसार, निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाइने एउटा बुँदाको आधारमा यहाँ अनुगमन समिति समेत गठन गरिएको छ । अनुगमन समितिमा केन्द्रिय बाल कल्याण समितिका एकजना प्रतिनिधिलाई पनि राखिएको छ ।
यसैबीच, नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार, स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
जिल्लाको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा कुल एक लाख २५ हजार ९३९ पुरुष र एक लाख २० हजार १४१ महिला र एकजना तेस्रो लिङ्गी मतदाता छन् ।
यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, जिल्लाका कूल मतदातामध्ये पुरुष ५१ दशमलव १७ प्रतिशत र महिला ४८ दशमलव ४२ प्रतिशत छन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा भन्दा ४४ हजार मतदाता यो निर्वाचनमा बढी छन् ।
यसका साथै निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरुका नेता जनतासँगको साक्षात्कार कार्यक्रममा बढी व्यस्त देखिन थालेका छन् ।
दलका नेताहरुले गाउँगाउँमा सभा गर्ने, घरदैलो अभियान, नागरिक अन्तक्र्रिया, पार्टी प्रवेश, कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिएका छन् । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












