बालबालिकालाई राजनीतिमा प्रयोग गर्न नपाइने
पाल्पा, १५ वैशाख । बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।
विभिन्न बहानमा बालबालिकालाई निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भन्दै उनीहरुले यस्ता कार्यलाई तत्काल रोक्नुपर्ने धारणा व्यक्त गरें ।
शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पाल्पाले तानसेनमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिए पनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको दुःख व्यक्त गर्नुभयो ।
विद्यालय परिसरमा राजनीतिक गतिविधि गर्दा बालबालिकामा नकारात्मक प्रभाव परेको छ, शिक्षाका लागि राष्ट्रिय अभियान सञ्जाल पाल्पाका सदस्य शालीकराम पाण्डेले भन्नुभयो – ‘स्थानीय तहको निर्वाचनमा बालवालिकालाई प्रयोग गर्न नहुनेमा समाजका सबै पक्ष सजग र सचेत हुनुपर्दछ ।’
कुनैपनि विद्यालयका विद्यार्थीलाई राजनितिक गतिविधिमा
प्रयोग गरेको वा विद्यालय क्षेत्रमा राजनीतिक कार्यक्रम गर्नेहरुलाई कारबाहीको माग गर्दै सहभागीहरुले जिल्ला शिक्षा कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।
यसैगरी जिल्लास्थित विभिन्न राजनीतिक पार्टीका कार्यालयमा पुगेर पनि उनीहरुले शान्ति क्षेत्र घोषणा गरिएको विद्यालयमा राजनीतिकगतिविधि नगर्न माग गरेको सदस्य पाण्डेले जानकारी दिनुभयो ।
सञ्जालका सहसंयोजक तथा इन्द्रेणी समाज पाल्पाका प्रमुख रुद्र मश्राङ्गीको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षक महासङ्घ, नागरिक समाज अगुवाको सहभागिता थियो ।
त्यस्तै बाँकेमा विभिन्न राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएपछि जिल्ला बाल कल्याण समिति तथा बालबालिकाका क्षेत्रमा कार्यरत सामाजिक संस्थाले त्यसको खुलेर प्रशंसा गरेका छन् ।
बाँके जिल्लाका राजनीतिक दल जस्तै अन्य जिल्लाका दलहरुले पनि यसको सिको गर्नुपर्ने र निर्वाचन एव्म दलका सबै खाले गतिविधिमा बालबालिकाको प्रयोगमा पूर्ण रुपमा रोक लगाउनुपर्नेमा पनि ती संस्थाले आग्रह गरेका छन् ।
जिल्ला बाल कल्याण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले “यहाँका दलहरुले अहिलेसम्म निर्वाचन प्रयोजन र दलका अन्य गतिविधिमा बालबालिकाको प्रयोग गरेको पाइएको छैन भन्नुभयो । ”
जिल्ला बाल कल्याण समितिले नेपालगन्जमा आयोजना गरेको ‘स्थानीय निकाय निर्वाचन र बाल अधिकार संरक्षण तथा प्रवद्र्धन’ विषयक छलफलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राजमो, जनता दललगायत १३ दलका पदाधिकारी र प्रतिनिधिले राजनीतिक गतिविधि र स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए ।
प्रजिअ पन्थका अनुसार, निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाइने एउटा बुँदाको आधारमा यहाँ अनुगमन समिति समेत गठन गरिएको छ । अनुगमन समितिमा केन्द्रिय बाल कल्याण समितिका एकजना प्रतिनिधिलाई पनि राखिएको छ ।
यसैबीच, नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार, स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
जिल्लाको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा कुल एक लाख २५ हजार ९३९ पुरुष र एक लाख २० हजार १४१ महिला र एकजना तेस्रो लिङ्गी मतदाता छन् ।
यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, जिल्लाका कूल मतदातामध्ये पुरुष ५१ दशमलव १७ प्रतिशत र महिला ४८ दशमलव ४२ प्रतिशत छन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा भन्दा ४४ हजार मतदाता यो निर्वाचनमा बढी छन् ।
यसका साथै निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरुका नेता जनतासँगको साक्षात्कार कार्यक्रममा बढी व्यस्त देखिन थालेका छन् ।
दलका नेताहरुले गाउँगाउँमा सभा गर्ने, घरदैलो अभियान, नागरिक अन्तक्र्रिया, पार्टी प्रवेश, कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिएका छन् । रासस
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












