आइजीपी बन्न डिआइजी सिलवालले सर्वोच्चमा पेश गरेको कागजात कीर्ते भएको पुष्टि
काठमाडौं १५ बैशाख । डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा गत चैत २९ गते रिट निवेदनका साथ बुझाएको कार्यसम्पादन मूल्याङकन ‘कासमु’ फाइल कीर्ते गरिएको फरेन्सिक जाँचबाट पुष्टि भएको छ।
प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले फाइलको सूक्ष्म अध्ययन गरी प्रतिवेदन पठाएको थियो।
यसैका आधारमा सरकारले वैशाख १९ गते सर्वोच्च अदालतमा हुन लागेको सुनुवाईमा नवराज सिलवालले अदालतमा आफ्नो सक्कली भनी बुझाएको आर्थिक वर्ष २०७२/७३ को कासमुको प्रतिलिपि नक्कली भएको प्रतिवेदन दिँदैछ।
फरेन्सिक ल्याबको प्रतिवेदनमा सिलवालले अदालतमा रिट निवेदनका साथ आफ्नो वास्तविक भनी संलग्न गरेको कार्यसम्पादन मूल्याङ्कन फाइलबारे सूक्ष्म अध्ययन गर्दा फेला परेका तथ्यहरु उल्लेख छ।
सिलवालले आफ्नो भनी पेश गरेको कासमुमा महानिरीक्षक प्रकाश अर्यालको कासमुको अङ्कसहितको व्यहोरा कपिपेस्ट गरेको देखिएको छ।
सिलवालको पहिलो चार पानामा ‘कालिमाटी’ फन्ट, छैटौँ पेजमा ‘उत्साह’ र ‘कालिमाटी’ फन्टको मिश्रित प्रयोग गरिएको छ। तर हालका महानिरीक्षक प्रकाश अर्यालको पूरै फन्ट एउटै ‘कालिमाटी’मा छ।
डिआइजी सिलवालको कासमुको छैटौँ पाना र महानिरीक्षक अर्यालको तेस्रो पानाको प्रकृति र फन्टहरु एउटै भएको फरेन्सिक जाँचबाट पुष्टि भएको छ।
कासमु कीर्ते गर्दा विभिन्न त्रुटिहरु भएको प्रतिवेदनले देखाएको छ। हस्ताक्षर, तालिका, स्पेस, लेखन शैलीको अध्ययन गर्दा फरक भेटिएको हो। प्रतिवेदनमा सिलवालको कासमु फाइलमा प्रकाश अर्यालको आर्थिक वर्ष ०७२र०७३ को कासमू फारामको ५ पेजको खण्ड १ र २ अनि ६ पेजको ३ र ४ लाई काटेर ‘पेस्ट’ गरेको उल्लेख छ।
प्रतिवेदन अनुसार सिलवालले आर्थिक वर्ष २०७२/७३ को औसतमा २ नम्बर थपेर ३८ को ठाउँमा ४० नम्बर बनाएर अर्यालभन्दा आफ्नो नम्बर बढी भएको भन्दै सर्वोच्चमा रिट निवेदनसँगै कासमु फाइलको प्रतिलिपि पेश गरेका थिए ।
डिआइजी सिलवालको विवादित कासमुको छैठौं पानालाई अध्ययन गर्दा एउटै पानामा पनि एकरुपता र अनुकुल तालमेल नभएको र महानिरिक्षक अर्यालको खण्ड ३ र ४ को चौथो पाना भने एकरुपता र अनुकूल तालमेल भएको छ।
गत चैत २८ गते सरकारले डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आइजी नियुक्त गरेपछि भोलिपल्ट अदालत खुल्ने बित्तिकै डिआइजी नवराज सिलवाल कार्यसम्पादन मूल्याङकनमा अर्यालभन्दा आफू अगाडि रहेको दावी गर्दै अदालत पुगेका थिए।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












