पुस्तकालय निर्माण गर्न करिब दुई करोड अनुदान
सुरुङ्गा (झापा), १६ वैशाख । झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले रु एक करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ÷गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जनाएअनुरुप झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न उक्त रकम प्रदान गरेको हो ।
माध्यमिक तहका विद्यालयका लागि प्रति विद्यालय रु ६ लाख ५० हजारका दरले रकम प्रदान गर्न लागिएको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्यालयमा सुविधा सम्पन्न लाइबेरी स्थापना गर्न सो रकम प्रदान गर्न लागिएको हो । ‘इ’ लाइबेरी स्थापनाका लागि अनुदान रकम पाउने विद्यालयमा लालपानी मावि शिवसताक्षी, चन्द्रभानुज्योति पृथ्वीनगर, सगरमाथा मावि पृथ्वीनगर, आर्दश मावि घैलाडुब्बा, महेन्द्र मावि जलथल, कनकाई मावि सुरु्गा, ज्यामिरगढी मावि ज्यामिरगढी, जनता मावि बालुवाडी रहेका छन् ।
यस्तै सहिद धर्मभक्त मावि तोपगाछी, सरस्वती मावि लखनपुर, गौरीशङ्कर मावि डाँगीबारी, महेन्द्ररत्न मावि तोपगाछी, मङ्गलमय मावि लखनपुर, बालकल्याण मावि महाभारा रहेका छन् ।
त्यस्तै कवि शिरोमणि मावि मेचीनगर, पशुपति मावि राजगढ, डिल्लीराज मावि टाघनडुब्बा, कालिस्थान मावि अर्जुनधारा, सिंहदेवी मावि दमक, सरस्वती मावि वुट्टाबारी, वलनिकुञ्ज मावि शिवसताक्षी, जनता मावि गौरादह, महेन्द्र मावि विर्तामोड, चम्पापुर मावि कनकाई, शनिश्चरे मावि अर्जुनधारा, काँकरभिट्टा मावि मेचीनगर, कमला मदन आश्रित मावि तोपगाछी र मोती मावि पथरिया रहेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिनुभयो ।
भौतिक संरचना निर्माणका लागि अनुदान रकम लिएका विद्यालयले भने पुस्तकालय निर्माणका लागि रकम पाएका छैनन् । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गर्न २८ वटा विद्यालयले अनुदान रकम पाएका हुन् ।
झापामा तीन सय ६५ वटा सामुदायिक विद्यालय रहेको उप जिल्ला शिक्षा अधिकारी होम भण्डारीले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...













