सुडान घोटला प्रकरण : विशेषको आदेश सदर कि बदर ?
काठमाडौं, १७ वैशाख । काठमाडौँ नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिदबिक्री प्रकरणमा ठूलो घोटलाका रुपमा परिचित सुडान प्रकरणमा सर्वोच्च अदालतले आज अन्तिम फैसला गर्दैछ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले वैशाख ७ गते आजका लागि फैसला सुनाउने मिति तोकेको थियो। सुडान प्रकरणमा नेपाल प्रहरीका तीन पूर्व प्रमुखसहित उच्च अधिकारीहरु आरोपित छन्।
अख्तियारले शान्ति मिसनमा सुडानमा खटिनका लागि प्रहरीले खरिद गरेको बन्दोबस्ती सामान गुणस्तरीय नभएको आरोपमा २८ करोड ८१ लाख बिगोदाबीसहित २०६८ जेठ २४ गते मुद्दा दायर गरेको थियो। विशेषले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो। विशेषले प्रहरीका तीन पूर्व महानिरीक्षक तथा ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई दोषी ठहर गरेको थियो। ३१ प्रहरी अधिकारीलाई भने विशेषले सफाई दिएको थियो।
विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको इजलासले गरेको फैसलामा प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो।
यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि शम्भु भारतीलाई पनि दोषी ठहर गरेको थियो। विशेषले राइडरलाई झन्डै साढे २८ करोड र भारतीलाई १४ करोड जरिवाना हुने ठहर गरेको थियो ।
२०६९ जेठ २२ गते सरकारले मुद्दाको पुनरावेदन सर्वोच्चमा गरेको थियो।
विशेषले दोषी ठहर गरेका
प्रतिवादी एस्योर्ड रिस्क कम्पनी
एस्योर्ड रिस्क लि लण्डनका प्रो। माइकल राइडर
स्थानीय प्रतिनिधि श्री भगवती टे्रडर्सका प्रोपाइटर शम्भु भारती
ओमविक्रम राणा, नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक
हेमबहादुर गुरुङ, पूर्व प्रहरी महानिरीक्षक
रमेश चन्द ठकुरी, पूर्व प्रहरी महानिरीक्षक, प्रधान मन्त्रीका सुरक्षा सल्लाहकार
सफाई पाउने
मदन बहादुर खड्का
अर्जुन जंग शाही
दीपक सिंह थाङ्देन,
श्यामसिंह थापा
दीपेन्द्र बहादुर बिष्ट
रमेश बिक्रम शाह
टपेन्द्रध्वज हमाल
दीपककुमार श्रेष्ठ
निरज पुन
सुरेन्द्र बहादुर पाल,
रवीप्रताप राणा
श्यामबहादुर खड्का
शिव लामिछाने
नरेन्द्रकुमार खालिङ
डा।अजितकुमार गुरुङ
रमेशकुमार पाण्डेय
मनोज नेउपाने
निरज बहादुर शाही,
गुप्तबहादुर श्रेष्ठ
विजयलाल कायस्थ
रामकृष्ण राजभण्डारी
कृष्णप्रसाद गुरागाँई
सञ्जयसिंह बस्नेत
पिताम्बर अधिकारी
हरिहर श्रेष्ठ
विद्याराज श्रेष्ठ
प्रकाश अधिकारी
अर्जुनप्रसाद तिमल्सेना
दिनेश केसी
लालगोविन्द श्रेष्ठ
गिरीधारी शर्मा
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












