पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर
खोटाङ, १७ वैशाख । सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो ।
चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूपाकोट मझुवानगरपालिकामा पर्ने रूपाकोटडाँडामा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
विशेषगरी नयाँ वर्ष, उभौली, उधौलीलगायत चाडपर्व र पिकनिकका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी मिल्काउने फोहरमैलाका कारण पर्यटकीयस्थलको प्राकृतिक सुन्दरता नै बिग्रिन थालेको स्थानीयवासीको गुनासो छ ।
एक ठाउँमा फोहर सङ्कलन गर्ने र नष्ट गर्ने व्यवस्था नहुँदा पर्यटकीयस्थलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहरमैला मिल्काउने गरेका छन् ।
पर्यटकीयस्थल जाने आन्तरिक तथा बाह्य पर्यटकलाई फोहरमैला जथाभावी नफाल्नका लागि पूर्व जानकारी गराउने व्यवस्था नहुँदा प्राकृतिक सौन्दर्यमा असर पुग्ने गरेको छ । “पर्यटकीयस्थलमा लैजान मिल्ने र लैजान नमिल्ने कुराहरू निश्चित गर्नुपर्छ ।” अध्यक्ष राईले भन्नुभयो – “प्लास्टिक, बोतलजस्ता नसड्ने चिजलाई लान नहुने वा लगे पनि एक ठाउँमा मात्र राख्ने नीति बनाउन जरुरी देखिन्छ ।”
पर्यटकीयस्थलको सुन्दरतालाई प्राकृतिक अवस्थामै सुरक्षित रहन दिन नगरपालिकाले विशेष योजना बनाउनुपर्ने विज्ञहरूको धारणा छ । रूपाकोटलगायतका पर्यटकीयस्थलमा पुग्ने कतिपय स्थानीयवासीले फोहरमैला फाल्नुका साथै जथाभावी बोटबिरुवा काट्ने गरेको पाइएको छ ।
दिनभर बस्ने ओत बनाउने क्रममा वा केही दिन बसेर रमाइलो गरेर फर्कने स्थानीयवासीले छाप्रो बनाउने क्रममा रूपाकोटका सुरिलो परेका रुखको बोट जथाभावी ढाल्दा वन विनास हुने सम्भावना रहेको छ ।
सदरमुकाम दिक्तेलबाट उकालो करिब तीन घन्टा पैदल यात्रापछि पुगिने रूपाकोटबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यावलोकन, जैविक विविधताले भरिपूर्ण, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै दुर्लभ जडीबुटी पाइने रूपाकोटमा हिउँदयाममा भ्रमण गर्ने र पिकनिक जानेको घुइँचो लाग्ने गरेको छ ।
प्राकृतिक सौन्दर्यमा रमाउनबाहेक सिद्धबाबाको गुफा दर्शनका लागि पनि रूपाकोटमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा आएर जिल्ला तथा जिल्ला बाहिरका बौद्धमार्गीसमेत भेला भएर पूजापाठ गर्ने गरेका छन् ।
रूपाकोट मझुवागढी नगरपालिकाकै धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पनि फोहरमैला थुप्रिन थालेको छ । दिक्तेलबाट एक घन्टा हिँडेपछि पुगिने मझुवागढीको शिरमा जताजतै प्लास्टिक, शिशालगायतका फोहरमैला बढेको हो ।
हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण भएको विश्वासमा मझुवा गढीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
विसं १८०४ सम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो पनि मानिन्छ । व्यवस्थापनमा ध्यान नपुग्दा रूपाकोट र मझुवागढी मात्र नभई जिल्लाका अधिकांश पर्यटकीयस्थलमा फोहरमैला बढ्न थालेको छ ।
पर्यटकीयस्थलमा बढ्दै गएको फोहरमैला नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ । दिनानुदिन बढ्दै गएको फोहरमैला व्यवस्थापनमा चासो नदिने हो भने जिल्लामा महामारीसमेत फैलनसक्ने सम्भावना देखिएको छ । रासस
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












