बुद्धजयन्ती समारोह समिति गठन
काठमाडौँ, १९ वैशाख । यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्ती मनाउनका लागि अखिल नेपाल भिक्षु महासङ्घका उपाध्यक्ष भिक्षु धर्ममूर्तिको संयोजकत्वमा एक सय ४२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको
छ ।
समितिअन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध तथा विहार शङ्गार, धर्मदेशना, अस्थिधातु प्रदर्शन, खाद्य व्यवस्थापन, अर्थ सङ्कलन, जलपान व्यवस्था, स्वयंसेवक परिचालन र संयुक्त राष्ट्र सङ्घ परिसर बुद्ध जयन्ती कार्यक्रम सञ्चालन उपसमिति गठन गरिएको छ ।
बुद्धजयन्तीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नका लागि जेबीपात्रो प्रकाशन, रक्तदान, बौद्ध कविगोष्ठीसमेत सञ्चालन गरिने छ ।
शाक्यमुनि गौतम बुद्धको जन्म, सम्बोधिलाभ (ज्ञान प्राप्त) तथा महापरिनिर्वाण (निधन) प्राप्त भएको दिनका रुपमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने
गर्छन् ।
स्वयम्भूस्थित आनन्दकुटी विहारमा भूकम्पका कारण क्षति पुगेपछि अहिले मर्मतका क्रममा छ । सोही परिसरभित्र विभिन्न गतिविधिका साथ बुद्धजयन्ती मनाइने छ । नवगठित समितिका संयोजक धर्ममूर्तिले बुद्धजयन्तीका दिन विहारमा आउने भक्तजनलाई सहज दशर्नका लागि आवश्यक सुविधा उपलब्ध गराइने बताउनुभयो ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












