तस्बिरमा हेर्नुहोस् उम्मेद्वारी मनोनयनको दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहल पहल बढेकोे छ । विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले मनोनयन दर्ता गराएका छन् ।
रञ्जुसँगै साझा पार्टीका मेयरका उम्मेद्वार किशोर थापा पनि मनोनयनको लाइनमा देखिएका थिए । स्वतन्त्र उम्मेद्वारका रुपमा काठमाडौंको मेयरमा एक नम्बरमा जेनिशा भट्टराईले उम्मेद्वारी दर्ता गरेकी छिन् । ठूला दलका कार्यकर्ताहरुको भने चहलपहल देखिएको छैन । उम्मेदवार नै ठेगान नभएकाले ठूला दलका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा भन्दा पार्टी कार्यालयतिरै झुम्मिएका छन् ।
ललितपुरमा मनोनयन दर्ता
ललितपुरमा माओवादी केन्द्रसहित साना दलको उम्मेदवारी
यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ ।
बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म पाँच जनाले प्रमुख र चार जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
ललितपुरका मुख्य निर्वाचित अधिकृत बालमुकुन्द दवाडीले महानगरमा उम्मेदवारी दर्ता भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार नेकपा ९माओवादी केन्द्र०बाट प्रमुखमा दिनेश महर्जन र उपप्रमुखमा हसिना शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यसैगरी नेकपा ९माले०बाट प्रमुखमा मोहनराज शाक्य र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, नेकपा९क्रान्तिकारी माओवादी०बाट प्रमुखमा विजय खड्गी र उपप्रमुखमा इन्द्रिरा अधिकारी तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुखमा रोशन महर्जन र स्वतन्त्रबाट रमेश महर्जनले प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत दवाडीले जानकारी गराउनुभयो ।
यसैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुकाजी महर्जन र स्वतन्त्रबाट शोभा शाक्यले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस र नेकपा९एमाले० अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् ।
विसं २०५४ पछि पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवार दर्ता गराइरहनुभएको छ ।
ललितपुर महानगरमा एक लाख १२ हजार नौ सय २५ जनसङ्ख्या छ ।
तस्बिर : प्रदीपराज वन्त, रासस
http://news-nepal.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A4%A8%E0%A4%82-%E0%A5%A9%E0%A5%AA-%E0%A4%B0-%E0%A5%AC-%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AF/
http://news-nepal.com/%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%B0-%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80-%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












