एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७० घटना
काठमाडौं, २० बैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस । पत्रकार महासंघले राजधानीमा प्रभात फेरीको आयोजना गर्यो ।
मे ४, २०१६ यता एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ७० वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको दुव्र्यवहारका १६ वटा घटना भएको देखाइएको छ ।यसवीचमा पत्रकार पक्राउका घटना ११ वटा भएका छन् । पत्रकारमाथिको आक्रमणका पनि ११ वटै घटना भएका छन् ।
त्यसैगरी पत्रकारमाथि धम्कीका ७ वटा घटना भएका छन् भने सञ्चार क्षेत्रमा कृयाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका ७ वटा घटना भएका छन् ।
केही समय सञ्चार माध्यमको प्रकाशन प्रसारण बन्द गराइएका ४ वटा, अवरोधको १ वटा, सञ्चारगृहमा आक्रमणका २ वटा र सञ्चारमाध्यमाथि धम्कीको १ वटा घटना रेकर्ड भएका छन् ।
त्यस्तै पत्रकारको साधनमाथि आक्रमणका २ वटा घटना भएका छन् भने ६ जना पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो ।
केही सञ्चारमाध्यमबाट पत्रकारलाई निस्काशन गरिएका घटना पनि महासंघको अभिलेखमा दर्ता भएका छन् ।
त्यसैगरी नीतिगत अवरोधमा यो वर्ष सरकारले जारी गरेको अनलाइन निर्देशिका रहेको महासंघले उल्लेख गरेको छ ।
अघिल्लो वर्षको यही अवधिमा प्रेस स्वतन्त्रता हननका १३९ घटना भएका थिए । संख्यात्मक हिसावले हेर्दा यो वर्ष पत्रकार तथा सञ्चार क्षेत्रमा केही सुरक्षित देखिन्छ ।
यद्यपि प्रवृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हननका साथै दण्डहीनता र सेल्फसेन्सरसीप कायमै रहेको महासंघले जनाएको छ ।
राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी हुनु यस अवधिमा प्रेसको विकासका लागि महत्वपूर्ण उपलब्धी बन्न पुगेको छ ।
यो वर्ष आजैको दिन नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन प्रारम्भ गर्ने पूर्व तयारी रहे पनि स्थानीय तहको निर्वाचनको कारण केही समय पछाडि धकेलिन पुगेको छ ।
यद्यपि महासंघले आजैको दिनलाई महाधिवेशनको प्रारम्भ दिनको रूपमा लिई प्रेस स्वतन्त्रताका साथै पत्रकारको भौतिक तथा पेशागत सुरक्षा र पत्रकारिताका व्यावसायिक मुद्दामाथि देशैभर बहसको प्रारम्भ गरेको छ ।
यस बहसमा सहभागी हुन महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्पूर्ण पत्रकारहरुमा अपील गरेका छन् । ‘महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरूलाई त्यसको निम्ति कार्यक्रम आयोजना गरी वातावरण बनाउन आग्रह गर्दछु ।’ अध्यक्ष विष्टले भने ।
प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो भन्दै अध्यक्ष विष्टले विज्ञप्तीमार्फत भनेका छन् ‘नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन ।’
एकातिर प्रेस आफै पनि मर्यादित हुन जरूरी छ भने राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, संवर्धन एबं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ ।
प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ
सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आहृवानमा प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो दिवस यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्दि्रत गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरी मनाइँदैछ ।
नेपाल पत्रकार महासंघले बुधबार दिउँसो प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । महासंघका शाखाहरुले पनि देशभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एबं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।
Comments
अरु समाचार
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...











