कविता : अब म र मेरो मायाको अन्त्य हुनेछ !

डिसेम्बरको अन्त्यमा पनि हिउँ नपर्न सक्छ !
हिउँसँगै क्रिसमस मनाउने तिम्रो रहर
रहरमै सेलाएको हुनेछ ।
त्यो वर्ष
जुन वसन्त नछाएको वर्ष
फूलले फुल्न बिर्सिनेछन् ।
झुक्किएर लागेका कोपिला
फक्रिन नपाई झर्नेछन् ।
त्यो वर्ष
जुन वादल रिसाएको वर्ष
साँझमा झ्याउँकिरी कराउने छैनन् ।
कि त अनावृष्टि या अतिवृष्टि
किसानले खेती गर्न पाउने छैनन् ।
त्यो वर्ष
जून र घामले साथ नदिएको वर्ष
हावा वहन विर्सनेछ ।
पशुपन्छीले आफ्नो घर गुमाउनुपर्ने छ ।
अनि तिमीले एकल राज्य चलाउने छौं ।
हो,त्यही वर्ष
जुन वर्षमा
म र मेरो मायाको अन्त्य हुनेछ ।
जसको अन्त्यस्टी मुर्दा बनी,
आगो बनेर केही उडेर जानेछन् ।
खरानी बनेर केही बगेर जानेछन् ।
केही माटोमा मिल्नेछन् ।
हो, त्यही वर्ष ।
पुजा पराजुली,कास्की
हाल : टेक्सास, अमेरिका
यो पनि पढ्नुस् ।
http://news-nepal.com/%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE-%E0%A4%86%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BF/
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












