चौधरी बस्तीको गुजारा घुँगीको व्यापार
पथरी (मोरङ), २१ वैशाख । मोरङको पथरी शनिश्चरे–८ मा रहेको चौधरी बस्तीको दैनिकी गुजरा टार्ने एउटै माध्यम बनेको छ अहिले ‘घुँगी ’ । खोला तथा खेतबारीमा हिलोमा गाडिएको अवस्थामा पाइने ‘घुँगी’ यहाँका १५ घरपरिवार रहेका चौधरी बस्तीको गुजारा गर्ने व्यवसाय ‘घुँगी’को व्यापार बनेको हो ।
स्थानीय स्तरमा कमै पाइने ‘घँुगी’ टिप्न ऋषिदेव समुदायका मानिस भारतको खरियासम्म पुग्ने गरेको मोरङको पथरी शनिश्चरेका बाबुराम चौधरीले जानकारी दिनुभयो । “एक दिन लगाएर भारतको खरियादेखि घुँगी नेपाल ल्याउने गर्दछाँै”, चौधरीले भन्नुभयो । मोरङका पैनी, ताल, खोला, पानी जमेको खेत लगायतका क्षेत्रमा घुँगी खोज्दै दिन बित्ने गरेको स्थानीयवासी रमेश चौधरीको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “बिहान झिसमिसेमा जोगवनीमा पुगी रेलमा चढी भारतको खरियामा पुग्ने गरेको छौँ ।” त्यस दिन साँझसम्म लगाएर खोला र खेतीबारीमा घुँगी खोजेर एक÷दुई क्विन्टल जति बनाउँछाँै र भोलिपल्ट घर आउने गरेको चौधरीले बताउनुभयो । दुई÷चार दिन दिनको पूरै समय माया मारेर ‘घँुगी’ खोज्न लागिपर्ने गरेको उहाँहरु बताउनुहुन्छ । घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको अर्का घुँगी व्यापारी फूलावती देवी चौधरीले बताउनुभयो ।
घुँगी प्रतिकेजी रु ६० का दरले बिक्री गर्दै आएका छन् । हप्तामा तीनपटक भारतको खरियासम्म घँुगी खोज्न उहाँहरु पुग्ने गर्नुहुन्छ । घँुगीमा भिटामिन, रुघाले सताएको बेला यसको रस स्वादिलो हुने र रुघा ठीक हुने भएकाले सबै समुदायका मानिसले घँुगी खाने गरेको नियमितजस्तो घँुगीका पारखी स्थानीयवासी डिल्ली शर्माले बताउनुभयो ।
दैनिक ३० देखि ५० केजीसम्म घुँगी बिक्री गर्दै आएको बताउने बाबुराम चौधरीले हप्तामा रु सात हजारदेखि १० हजारसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । सो व्यवसायबाट पाँचजनाको परिवार धानेको चौधरीको भनाइ छ । चौधरी टोलमा उहाँजस्ता करिब ५० घुँगी व्यापारी छन् । रासस
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...













