निर्वाचनमा बलियो सुरक्षा व्यवस्था
बागलुङ, २३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीति तय गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनुभयो । जिल्लामा कुनै किसिमको सुरक्षा चुनौती नरहेको उहाँको भनाइ छ । “निर्वाचनमा अपुग जनशक्ति बाहिरबाट समेत ल्याएर सुरक्षा व्यवस्था कडा पारिएको छ,” उहाँले भन्नुभयो ।
जिल्लाका एक सय तीनवटै मतदानस्थलमा तीन तहको सुरक्षा घेरा रहने छ । मतदानस्थलको भित्री सुरक्षा जनपद प्रहरीले गर्नेछ भने बाहिर सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना परिचालित गरिने उहाँले बताउनुभयो । मतदानस्थलको सुरक्षामा म्यादी प्रहरी र स्वयम्सेवकलाई समेत खटाइने छ ।
संवेदनशील र अतिसंवेदनशील क्षेत्र किटान गरेर सुरक्षा प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक चन्द्रकँुवर खापुङले बताउनुभयो । उहाँले असन्तुष्ट पक्षले निर्वाचन विरोधी गतिविधि गरेमा त्यसलाई निस्तेज पारिने बताउनुभयो ।
“ठूलो सुरक्षा चुनौती केही छैन, हामी सचेत र चनाखो छौँ,” उहाँले भन्नुभयो । मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण निर्माणका लागि कुनै कसर बाँकी नराखिने उहाँको भनाइ छ ।
बिहीबारदेखि जिल्लाका दसवटै स्थानीय तहलाई केन्द्रित गरी शसत्र प्रहरीको ‘मोबाइल टोली’ परिचालन गरिएको छ । सडक सुविधा नपुगेको ठाउँमा पैदलै हिँडेर सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएको उपरीक्षक खापुङले बताउनुभयो ।
प्रजिअ पाण्डेयले निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिएको बताउनुभयो । आचारसंहिता विपरीत हुने जुनसुकै क्रियाकलापलाई रोक्ने उहाँ बताउनुहुन्छ । “चर्को आवाजमा गीत बजाउँदै निर्वाचनको प्रचार गर्ने कार्य शुक्रबारदेखि नै बन्द गराएकमा छौँ,” उहाँले भन्नुभयो ।
जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा गरी एकसय ३ मतदानस्थल र एक सय ९२ मतदान केन्द्र रहेका छन् । निर्वाचनबाट सबै स्थानीय तहमा गरी कुल चार सय ६९ जना उम्मेदवार निर्वाचित हुनेछन् । जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख ५६ हजार ८ सय २ रहेको छ । महिला मतदाताको सङ्ख्या ८२ हजार ८३९ रहेको छ भने पुरुष मतदाताको सङ्ख्या ७२ हजार ९६३ रहेको छ । रासस
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...













