स्थानीय आवश्यकता सम्बोधनको प्रतिवद्धता खोज्दै सर्वसाधारण
पोखरा, २३ वैशाख । स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा घरदैलोमा पुगेका उम्मेदवारसँग सर्वसाधारणले आफ्ना स्थानीय आवश्यकता सम्बोधनको प्रतिविद्धता खोजेका छन् ।
दुई दशकको समयावधिसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनप्रतिनिधि बिहीनताको राम्रो अनुभव गरेका सर्वसाधारणलाई चुनावी गीत घन्काउँदै गाउँमा उम्मेदवार आउन थालेपछि स्थानीय विकासका सम्बन्धमा प्रतिबद्धता खोज्ने अवसर मिलेको हो ।
गाउँमा खानेपानी, बाटोघाटो जस्ता समस्या नै ठूला समस्याका रुपमा रहने गरेको बताउने भरतपोखरीका ऋषिराम भण्डारी घरघरमा भोट माग्न आउने उम्मेदवारलाई आफूहरूले गाउँका मुख्य खाँचोबारे नै जानकारी गराउने गरेको बताउनुभयो ।
“ठूला कुरा गरेर भएन, गाउँका मुख्य समस्या भनेका खानेपानी र बाटोघाटोका समस्या नै हुन्,” उहाँले भन्नुभयो, “ गाउँका बाटो हिउँदमा मात्र हिँडनलायक हुन्छन्, वर्षा लागेसँगै जोखिमपूर्ण यात्रा गर्नु सर्वसाधारणको बाध्यता बन्ने गरेकाले पक्की सडक बनाउने लगायतका विषयमा उम्मेदवारसँग प्रतिवद्धता माग्ने गरेका छौं ।”
स्थानीय तह निर्वाचनका उम्मेदवारले वास्तविक जनताले के चाहेका छन् भन्ने कुरालाई गम्भीरताका साथ लिनुपर्ने कास्की कालिकाका हरिबहादुर थापा बताउनुहुन्छ ।
जनताको भावना र स्थानीय आवश्यकता बुझ्न सक्ने व्यक्तिलाई नै यो निर्वाचनमा जनताले जिताउने बताउँदै उहाँले भन्नुभयो, – “गाउँका जनतालाई राष्ट्रिय राजनीतिबारे खासै थाहा हुँदैन, चासो पनि छैन, उनीहरूका आवश्यकता भनेको स्थानीय समस्याको समाधान नै हो ।”
तीन दिनको अन्तरालमा काँग्रेस, एमाले, माओवादीलगायतका सबै राजनीतिक दलका उम्मेदवार घरदैलोमा भोट माग्न आइसकेको जानकारी दिँदै उहाँले गाउँमा बाटोघाटो, खानेपानी जस्ता समस्याको समाधान नै आफूहरूको पहिलो आवश्यकता भएको बताउनुभयो ।
खेतीपातीमा निर्भर अधिकांश कृषकले कृषिको व्यवसायीकरण, मल बीउको सुलभताका तथा असिनाजन्य प्रकोपको नियन्त्रण तथा क्षतिपूर्तिका विषयमा उम्मेदवारको ध्यानाकर्षण गराउने गरेको अर्का कृषक चीनबहादुर कुँवर बताउनुहुन्छ ।
“जिल्लाका अधिकांश गाउँमा पछिल्लो समयमा बाँदरको प्रकोपका कारण कृषिको विकल्प खोज्नुपर्ने बाध्यता रहेको छ,” उहाँले भन्नुभयो, “बाँदर व्यवस्थापनका साथै अन्य असिनाजन्य प्रकोपका कारण पीडित बन्ने कृषकलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्थाका लागि स्थानीय तहमा क्रियाशील राजनीतिक दल तथा उम्मेदवारसँग समयमा नै प्रतिवद्धता खोजिनु आवश्यक छ ।” रासस
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...













