पहिलो चरणको मतगणना तत्काल गर्न तीन दल सहमत
काठमाडौं २५ बैशाख। प्रमुख तीन दलका नेताहअरु पहिलो चरणको निर्वाचनको मत गणना तत्काले गर्न सहमति भएका छन् ।
बैशाख ३१ मा हुने पहिलो चरणको चुनावको मत गणना दोस्रो चरणको मतदान सकिएपछि जेठ ३१ पछाडिमात्रै गर्नुपर्ने आवाज उठिरहेको थियो ।
तर, आइतबार बालुवाटारमा भएको प्रचण्ड, केपी ओली र शेरबहादुर देउवावीचको छलफलमा तीनै नेताहरु तत्काल मतगणना गर्न सहमत भएका हुन् ।
त्यसै गरी तीन नेताहरु आगामी वर्षको वजेट जेठ १५ मै ल्याउन सहमत भएका छन् । तर, उक्त बजेट कामचलाउ मात्रै ल्याइने र त्यसले चुनावलाई प्रभाव पार्न नहुनेमा नेताहरु सहमत भएका छन् ।
जेठ १५ मै बजेट ल्याएपछि दोस्रो चरणको चुनाव जेठ ३१ मै गर्न एमालेले पनि सहमति जनाएको छ ।
तर, अब दोस्रो चरणको निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन गरेर मधेसी दललाई पनि चुनावमा ल्याउनुपर्ने हुन्छ । यसमा चाँहि एमालेले संविधान संशोधनमा समर्थन गर्न नसकिने पुरानो अडान यथावतै राखेको छ ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











