अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता
कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निजी विद्यालयको छाता सङ्गठनका प्रतिनिधि, संयुक्त विद्यार्र्थी सङ्गठन, शिक्षा कार्यालयका प्रतिनिधिसहितको बैठकले निजी संस्थागत विद्यालयमा गरिएको अनिश्चितकालीन शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । साथै, जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा विद्यार्थी तथा शिक्षक सङ्गठनका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहेको संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले संस्थागत विद्यालयको श्रेणी विभाजन नहुने बेलासम्मका लागि शुल्क वृद्धि नगर्ने, पुनः विद्यार्थी भर्ना शुल्क नलिन, नियमावली विपरित रहेका यातायातका साधन सञ्चालनमा नल्याउने, विभिन्न शीर्षकमा शुल्क लिन नपाउने, कापी, पुस्तक, पोसाकलगायतका सामग्री विद्यालयबाटै बेच्न नपाउने, अनुमतिबिना कक्षा सञ्चालन नगर्ने, अनुमतिबिना सञ्चालनमा ल्याइएका विद्यालयलाई खारेज गर्ने निर्णयपछि विद्यालय बन्दका कार्यक्रम फिर्ता लिइएको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कैलाश चन्दले बताउनुभयो ।
जेठ मसान्तसम्म निजी विद्यालयको श्रेणी वर्गीकरण गरिसक्नेलगायतका निर्णयसहित शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिइएको उहाँले बताउनुभयो । बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारदेखि बन्द विद्यालय सुचारु हुने उहाँको भनाइ रहेको छ । रासस
Comments
अरु समाचार
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...











