जनताले खुवाए उम्मेदवारलाई माटोको कसम

काठमाडौँ, २७ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले नगर निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका नेतालाई भ्रष्टाचार नगरी विकास निर्माणमा लाग्न माटोको कसम खुवाएका छन् ।
काठमाडौँ रोबस्ट क्लबले आज भद्रवासमा आयोजना गरेको उम्मेदवारसँग परिचयात्मक एवम् अन्तक्रिया कार्यक्रममा स्थानीयवासीले दलका नेताहरु चुनावमा मत माग्न आउँदा सबै काम गर्छौं भनी वाचा गर्ने तर जितिसकेपछि प्रतिबद्धता बिर्सिएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्ने गरेको गुनासो गरेका थिए ।
स्थानीय श्रीराम सापकोटाले दलका नेताहरुले भ्रष्टाचार र कुशासन रोक्न नसक्दा स्थानीय तहसम्म संस्थागत बनेको बताउनुभयो । नेताको प्रभावका कारण सामुदायिक विद्यालयका शिक्षकहरुले जागिर खान विद्यालय जाने तर आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गर्दा सामुदायिक विद्यालयको गुणस्तर खस्किएकोमा स्थानीयवासीले नेताहरुको आलोचना गरेका थिए ।
शिक्षक राजनीतिक दलमा क्रियाशील भएकैले जे गरे पनि कारबाही नहुने गर्दा भद्रवासको आदर्श उच्च माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको स्थानीय ताराशरण कालिकाले बताउनुभयो । विद्यालय एउटा दलको पार्टी कार्यालय बनेको उहाँको भनाइ थियो ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र) का कागेश्वरी मनोहरा नगरपालिका प्रमुखका उम्मेदवार महेश्वर फुयाँल, राष्ट्रिय जनमोर्चाका नगर प्रमुख उम्मेदवार राजेन्द्र पुडासैनी, नेपाली काँग्रेसबाट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार हरिशरण ढकाल, नेकपा (एमाले) का ३ नम्बर वडा अध्यक्षका उम्मेदवार राममणि पुडासैनी, जनमोर्चाका ४ नम्बर वडा अध्यक्षका उम्मेदवार सङ्गम नगरकोटीलगायतले माटो हातमा लिएर जन भावना विपरीतका काम नगर्ने र विकास निर्माणका काममा ध्यान दिने कसम खानुभयो । रासस
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











