दाजुको निर्देशनमा श्रीमानबाटै एक महिला उम्मेदवार कुटिईन्
पोखरा, २९ बैशाख । पोखरामा एक श्रीमानले महिला उम्मेदवार आफ्नै श्रीमतीलाई कुटपिट गरेका छन् । लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का आफ्नै श्रीमानबाट कुटिएकी हुन् । माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै श्रीमान यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् । घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ ।
पतिले बाँसको चिर्पटले टाउँको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । उनको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत चार वटा टाँका लगाइएको छ । हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने चिकित्सकले बताएका छन् । खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् ।
कसरी भयो घटनाः
आजभन्दा १२ वर्षअघि अन्तरजातीय विवाह गरेकी कास्कीलाई को रुपा गाउँपालिकाकी पद्मा क्षेत्री गुरुङले चुनावमा उम्मेदवार बनेकै कारण आफ्नै श्रीमानबाट मरणासन्न हुनेगरी कुटिन्छु भनेर सायदै सोचेकी थिइन् । तर, स्थानीय निर्वाचनमा भाग लिएकै कारण उनी अस्पताल भर्ना हुने अवस्थामा पुगिन् ।
स्थानीय चुनावले महिलाहरुलाई अधिकार र अवसर दुबै दिएको छ । तथापि चुनावमा मनहरु विभाजित हुन्छन् । एउटै परिवारका सदस्यहरु समेत भिन्नाभिन्नै दलमा लाग्न सक्छन् । र, भिन्नाभिन्नै दलबाट उम्मेदवारसमेत बन्न सक्छन् । तर, लोकतान्त्रिक संस्कारको विकास हुन नसकेको समाजमा यसले पदमाको परिवारमा जस्तै घरपरिवारभित्र झगडा निम्त्याउँछ ।
कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ की महिला वडा सदस्य उम्मेदवार पदमा क्षेत्री गुरुङका लागि यो स्थानीय श्रीमानबाटै चुनाव कुटाइ खाने दुर्भाग्यपूर्ण दिका रुपमा परिणत भयो । स्थानीय चुनावले लोकतन्त्र र अधिकारको अभ्यास हुनुपर्ने ठाउँमा पदमाको घरभित्रै झगडा र कुटपिट निम्त्यायो ।
रुपा गाउँपालिका वडा नम्बर ५ की महिला उम्मेद्वार पदमा आफ्नै श्रीमानबाट कुटिएकी हुन् । सोही वडाको वडाध्यक्षमा टेकबहादुर गुरुङले उम्मदेवारी दिएका थिए, जो पदमाका जेठाजु हुन् ।
वडाध्यक्षमा उठेका जेठाजु टेकबहादुरको भन्दा फरक पार्टीबाट भाइबुहारी पद्मा क्षेत्री गुरुङले सोही वडामा महिला वडा सदस्यका लागि उम्मेदवारी दिइन् । बुहारीले भिन्नै दलबाट चुनाव लडेपछि जेठाजु रिसले आगो भए ।
जेठाजुले बुहारीलाई उम्मेदवारी फिर्ता लिन भार्इ यामबहादुर गुरुङमार्फत दबाव दिए । तर, पदमाले उम्मेदवारी फिर्ता लिन मानिनन् । जेठाजुको आग्रह अनुसार उम्मेद्वारी फिर्ता नगरेको आरोपमा उनी श्रीमानबाटै निर्घात कुटिइन् ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











