नदीमा पानीको सतह बढेपछि यातायात सेवा अवरुद्ध
गाईघाट (उदयपुर), १ जेठ । यस वर्ष वर्षायाम सुरु हुनु अगाडि नै निरन्तर वर्षा हुन थालेर विभिन्न खोला, नाला तथा नदीमा पानीको सतह बढ्न थालेसँगै उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सञ्चालन हुँदै आएको यातायात सेवा अवरुद्ध हुन थालेका छन् ।
उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुँदै आएको यातायातका साधन अहिले गाईघाट दिक्तेल सडकखण्डको बीचमा पर्ने नदी खोलामा पानीको सतह बढेसँगै नियमित यातायात सेवा सञ्चालनमा अवरुद्ध हुन थालेको यातायात व्यवसायी बताउँछन् ।
एक हप्तादेखि यता निरन्तर वर्षा हुन थालेपछि खोटाङको राजापानी र बतासेबीचमा पर्ने साप्सु खोलामा पानीको सतह बढेको र पुल नभएको कारण गाईघाट दिक्तेल सडकखण्ड भएर सिधै सञ्चालन हुने यातायातका साधन सञ्चालनमा अवरुद्ध भएको यातायात सञ्चालक बद्री श्रेष्ठ बताउनुभयो ।
साप्सु खोलाको पानीको सतह बढेसँगै गाईघाटबाट दिक्तेल र दिक्तेलबाट गाईघाटसम्म सञ्चालन हुने यातायात साधन साप्सु खोलाबारी र पारी नै रोकिनु परेको स्थानीय वासुदेव रेग्मीले बताउनुभयो ।
यस्तै निरन्तर वर्षाको कारण सुनकोसी नदीको सतह समेत बढेपछि गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोसीमा लगाइएको बेलीबृजमा समेत पानीको सतह आइपुगेको कारण बेलीबृज खोल्न पर्ने अवस्था आएको छ ।
सुनकोसीमा नदीको सतहले बेलीबृजलाई छुन थालेपछि यातायात सञ्चालन खतरा भएको कारण बेलीबृज खोल्ने कार्य सुरु गर्न लागिएको समेत गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले बताएको छ । यातायात सेवा सञ्चालनमा अवरुद्ध हुन थालेपछि दैनिक सयौँको सङ्ख्यामा यात्रु १५८ किलोमिटरसम्म गाईघाट दिक्तेल सडकखण्डको दूरीको यात्रा पैदल हिँड्न पर्ने बाध्यता भएको खोटाङ राजापानीका घनस्याम रेग्मीले बताउनुभयो ।
गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा स्थायी पक्की पुल निर्माण नहुँदा हिउँदमा बेलीबृज जडान गरिने भएता पनि वर्षायाममा नदीको सतह बढ्ने गरेपछि बेलीबृज खोलिने गरेको छ भने अन्य नदी खोलामा अहिलेसम्म पनि पुल निर्माण नहुँदा वर्षायाममा सो सडकखण्डमा यातायात सेवा अवरुद्ध हुँदै आएको यातायात व्यवसायी बताउँछन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












