जुम्लाको १ र डोल्पाको २ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी

डोल्पा, २ जेठ । डोल्पाका २ र जुम्लाको १ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्। जुम्लाको गुठिचौरमा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले जीत हासिल गर्दै खाता खोलेका हुन्। उनले १ हजार ५ सय ९६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वि एमालेका क्षेत्रबहादुर भण्डारीले १ हजार ४ सय ६७ मत प्राप्त गरे।
डोल्पाको मुड्केचुला र जगदुल्लामा गाउँपालिका अध्यक्ष पनि माओवादी केन्द्रले विजय हासिल गरेको छ। मुड्केचुलामा माओवादी केन्द्रका उम्मेद्वारले दत्तबहादुर शाहीले एमाले उम्मेद्वार लकबहादुर रोकायलाई २ मतले पराजित गरे। शाहीले ९ सय ३३ मत प्राप्त गरेर विजयी भए। रोकायले भने ९ सय ३१ मत मात्र पाए।
उपाध्यक्षमा भने एमालेकी सविनाकुमारी रोकाय ९ सय ५९ मत ल्याएर विजयी भएकी छिन्। माओवादी केन्द्रकी हिमाली घर्ती भने ८ सय ३५ मत ल्याएर उपमेयरमा पराजित भइन्। जगदुल्ला गाउँपलालिकामा नरसिंह रोकाय विजयी भउका छन्। माओवादी केन्द्रका उम्मेद्वार उनले ५ सय ५६ मत पाए।
एमालेका उम्मेद्वार दलबहादुर महतरा ४ सय ३४ ल्याएर पराजीत भए। उपमेयरमा पनि माओवादी केन्द्रकी अमृत लामा विजयी भएकी छिन्। लामाले ५ सय ५३ मत ल्याएकी हुन्। उनकी निकटम प्रतिद्वन्द्वि बुद्धकला बोहोराले ४ सय ३१ मत मात्र प्राप्त गरिन्।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











