मानसिक स्वास्थ्यका लागि इन्स्टाग्राम खतरानाक, यु ट्युब उत्तम
काठमाडौं, जेठ । फोटो शेयरिङ एप इन्स्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यको मामिलामा सबैभन्दा खतरनाक सोशल मिडिया प्लाटर्फम बनेको छ । बेलायतमा गरिएको एक सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो, जसमा १४ देखि २४ वर्ष उमेरका १४७९ जना किशोरकिशोरी र युवायुवतीहरुलाई सहभागि गराइएको थियो ।
सहभागीहरुलाई पाँचवटा लोकप्रिय सोशल मिडिया प्लाटर्फमको विकल्प दिइएको थियो । हरेक प्लेटर्फमका लागि बेचैनी, डिप्रेसन, एक्लोपन, खुट्टा फट्याउने तथा बडी इमेज शीर्षकमा छुट्टा छ्ट्टै अंक दिन लगाइएको थियो । सहभागीले दिएको अंक विश्लेषण गर्दा निकै गम्भीर परिदृश्य देखियो । सर्भेको नतिजालाई दृष्टिगत गरी मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने एक संस्थाले सोसल मिडिया प्रयोगकर्ताहरुलाई मानसिक स्वास्थ्इमा असर पार्ने खालका सामाग्रीहरुबाट बचाउन अपिल गरेको छ ।
बेलायतको द रोयल सोसाइटी फर पब्लिक हेल्थले भनेको छ की यी सोशल मिडिया प्लाटर्फमहरुले मानिसक समस्यासँग जुझिरहेका प्रयोगकर्ताको पहिचान गर्नु आवश्यक छ । उसका अनुसार सोसल मिडिया स्वयं एक गम्भीर मानसिक समस्याको कारक बन्न सक्दछ ।करबी ९० प्रतिशत युवायुवतीले सोसल मिडिया प्रयोग गर्ने गरेका छन् । त्यसैले त्यसको खतरा युवावर्गमै धेरै हुन्छ ।
यु ट्युब सबैभन्दा सकारात्मक
उक्त अनलाइन सर्भेमा मानिसहरुलाई फेसबुक, ट्विटर, युटु्युब, इन्स्टाग्राम तथा स्न्यापच्याटले मानिसक स्वास्थ्यमा पार्ने असरको बारेमा सोधिएको थियो । मानिसहरुलाई स्वास्थ्यसँग सम्बन्धित विभिन्न १४ वटा प्रश्न सोधिएको थियो ।
त्यसक्रममा मानिसहरुले यु ट्युबलाई सबैभन्दा सकारात्मक प्लेटर्फम मानेका छन् । उनीहरुका अनुसार यु ट्युबले मानिसक स्वास्थ्यमा सबैभन्दा कम नकारात्मक असर पार्दछ । यु ट्युबपछि सकारात्मक प्लेटफर्मको रुपमा ट्विटर र त्यसपछि फेसबुक रहेको छ ।
सोसल मिडिया प्रयोगकर्ताहरुले इन्स्टाग्राम तथा स्नापच्याटलाई सबैभन्दा खराब मानेका छन् । दुबै सोसल साइटहरु फोटो केन्द्रीत हुन्छन् । त्यसैले ती प्लेटर्फमले युवावर्गलाई बेचैन बनाउने तथा हीन भावना जागृत गराएर डिप्रेसनमा पूराउन सक्ने जोखिम रहन्छ । यो सर्भेको नतिजालाई मध्यनजर गरी स्वास्थ्य विशेषज्ञहरुले सोसल मिडिया प्लेटर्फमहरुलाई केही कदम उठाउन सुझाव दिएका छन्ः
- जब कुनै मानिसले लामो समयसम्म सोसल साइटको प्रयोग गर्यो भने एक चेतावनीयुक्त पप अप देखाइदिने व्यवस्था गर्ने । जसलाई देखेर प्रइोगकर्ताले तत्कालका लागि सोसल मिडियाबाट बाहिरियोस् ।
- मानसिक समस्यावाला प्रयोगकर्तालाई पहिचान गर्ने र मानिसक स्वास्थ्इका लागि सहयोग मिल्ने ठाउँहरुको बारमेा जानकारी गराउने ।
- डिजिटल तरिकाले तोडमोड गरिने तस्वीर पहिचान गर्नका लागि एक आइकन बनाइदिने । जसबाट सोसल मिडिया प्रयोगकर्ताले त्यो तस्वीर सक्कली होइन भन्ने थाहा पाइहालोस् ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












