इलाममा माओवादी केन्द्रले उम्मेदवार टुङ्ग्यायो, चुनाव प्रचार गर्न गाउँगाउँमा
इलाम, १९ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । १० वटा स्थानीय तह रहेको इलाममा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखसहितका उम्मेदवारको टुङ्गो लगाएको हो ।
चार नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवार टुङ्गो लागेको माओवादी केन्द्र इलाम जिल्ला कार्यालय सचिव जीवन शर्माले जानकारी दिए । उम्मेदवारी घोषणासँगै प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका साथै कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका छन् । माओवादीले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी यसअघि नै घोषणा गरिसकेको छ ।
माओवादी केन्द्रले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा प्रेम नाछिरिङ राई र उपाध्यक्षमा भूमिका तामाङ, माईजोगमाई गाउँपालिकाको अध्यक्षमा देवी शिवाकोटी र उपाध्यक्षमा सङ्गीता थामी, सूर्योदय नगरपालिकाको प्रमुखमा छवि राई र उपप्रमुखमा टीका घिमिरे (राई) को उम्मेदवारी घोषणा गरेको हो ।
यसैगरी, रोङ गाउँपालिकाको अध्यक्षमा नवराज कट्टेल र उपाध्यक्षमा अञ्जना लेप्चा, माई नगरपालिकाको प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापा, चुलाचुली गाउँपालिकाको अध्यक्षमा तुला लावती र उपाध्यक्षमा धनमाया पोखरेलको उम्मेदवारी घोषणा भएको हो ।
यस्तै, फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा राजकुमार थापा र उपाध्यक्षमा लक्ष्मी मुखिया, देउमाई नगरपालिकाको प्रमुखमा रामकुमार राई र उपप्रमुख शान्ता बस्नेत तथा इलाम नगरपालिका प्रमुखमा छविलाल आचार्य (प्रभाष) र उपप्रमुखमा प्रेमकुमारी गुरुङको उम्मेदवारी घोषणा भएको हो ।
Comments
अरु समाचार
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...











