सुरक्षाको कारण ग्यालेक्सी नोट एटमा पनि अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर नहुने
काठमाडौं, २८ जेठ । सामसुंग ग्यालेक्सी नोट एटमा अनस्क्रिन फिंगरप्रिन्ट नहुने भएको छ । आगामी फ्लागसीप फ्याब्लेट यो अंग्रेजी वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने बताइएको छ । र, यदि पछिल्लोपटक अन्तर्राष्ट्रिय संचारमाध्यममा आएका खबरहरु पत्याउनेहो भने यो फ्याब्लेटको डिस्प्ले अर्थात् अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर हुने छैन ।
सामसुंगका एकजना कार्यकारीले भनेका छन्ः हामीले ग्यालेक्सी नोट एटमा डिस्प्लेमै फिंगरप्रिन्ट स्क्यानर राख्नका लागि भरमग्दुर प्रयास गर्यौँ । तर सुरक्षा लगायतका विभिन्न खाले प्राविधिक सीमाहरुका कारण अन्त्यमा यो रणनीतिक फोनको डिस्प्लेमा फिंगरप्रिन्ट स्क्यानर नराख्ने निर्णय गरियो ।
यसको अर्थ कम्पनीले नोट एटको कम्तीमा एउटा प्रोटोटाइपमा अनस्क्रिन सेन्सर प्रविधिको प्रयोग गरेको तर यसले राम्रोसँग काम नगरेपछि त्यसलाई प्रयोग नगर्ने निर्णय गरेको हुनसक्छ ।
ग्यालेक्सी नोट एटमा यो प्रविधि प्रयोग नगरेतापनि सामसुंगले अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर प्रविधिको विकाशका लागि बायोमेट्रिक सेन्सर प्रविधि निर्माता कम्पनी क्रुसल टेकसँगको सहकार्यमा काम गरिरहने बताइएको छ ।
ग्यालेक्सी नोट एटमा दुईवटा मुख्य क्यामरा हुने बताइएको छ । साथै यसमा क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर, ६ जिबीको र्याम हुने बताइएको छ । एजेनसी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












