खाँदबारी नगरको प्रमुखका उम्मेदवार महेश थपलिया भन्छन्, ‘नगरभरी सडकले जोड्नेछु’ (अन्तर्वाता)
संखुवासभा, ९ असार । नेपाली कांग्रेसले संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिकामा महेश थपलियालाई प्रमुखको रूपमा अघि सारेको छ । विगत ३० वर्षदेखि पार्टी संगठनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थपलिया बौद्धिक र मिलनसार नेताको रूपमा चिनिन्छन् । थपालिया राजनीतिक रूपमा मात्र नभई समाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी पारिवारिक लिगेसीसमेत जोडिएको परिवारका सक्रिय राजनीतिकर्मी हुन् । स्नाकोत्तरसम्मको अध्ययन गरेका थपलियाले संखुवासभामा पत्रकारिताको जग बसाउनसमेत महत्वपूर्ण भूमिका खेलेका थिए ।
थपलिया विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएका हुन् । उनी २०३९ सालमा आरआर क्याम्पसमा नेविसंघ एकाइ सदस्य, २०४३ मा एकाइ उपसभापति हुँदै २०४४ मा स्ववियु उपसभापतिको प्रत्यासी बनेका थिए । उनलाई २०४८ मा संघको केन्द्रीय सदस्य हुँदै केन्द्रीय कार्यालय सचिव र केन्द्रीय समिति प्रवक्ताको जिम्मेवारी सम्हाल्ने अवासर प्राप्त भयो । उनले व्यवस्था परिवर्तनका आन्दोलनमा पटक पटक गिरफ्तार भई बन्दी जीवन बिताउनुप¥यो ।
लामो समयदेखि पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको जिम्मेवारी बहन गर्दै आएका थपालिया हाल पार्टीको महासमिति सदस्य छन् । थपलियाले नेपाली कांग्रेसको सिद्धान्त, निष्ठा र वैचारिक धरातललाई फराकिलो बनाउँदै नगरबासीको सुख दुःखमा साथ दिँदै आएका थपलियासँग गरिएको कुराकानीः
१) चुनाव नजिकिएसँगै घरदैलो अभियान कस्तो चलिरहेको छ ?
– नेपाली कांग्रेसका नेता, भ्रातृ तथा शुभेच्छुक संस्थाका सााथीहरू, युवा महिला, दलित, अल्पसंख्यक, पिछडिएका वर्ग र तहका साथीहरूलाई साथमा लिएर जनताका घरदैलोमा आफ्नो चुनावी एजेन्डासहित उपस्थित भइरहेको छु । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनलहर बढेको पाएको छु । त्यसमा पनि नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्छ भन्ने कुरामा जनता सचेत छन् । त्यसैले नेपाली कांग्रेसप्रति जनताको अगाध स्नेह र विश्वास रहेको पाएको छु ।
२) घरदैलो अभियानका क्रममा नगरबासीको चाहना के कस्तो पाउनुभयो ?
– बीस वर्षपछि भएको आसन्न स्थानीय तहको निर्वाचनमा जनताले विकास खोजेका छन् । जनप्रतिनिधिविहीनताको अवस्थामा जनताले आफ्ना समस्या र भावना बुझ्ने, निष्ठा र प्रतिष्ठासहितको दुरदृष्टि राख्न सक्ने सक्षम नेतृत्व चाहेका छन् । नगरको सहरी भाग र ग्रामीण भेगमा आ–आफ्नै समस्या छन् । सहरमा उचित ढलनिकास, सडक, व्यवस्थित विद्युतीकरण र शुद्ध खानेपानीको व्यवस्थापनको अपेक्षा जनप्रतिनिधिसँग राखेको पाइन्छ । यसैगरी, ग्रामीण भेगमा खानेपानी, विद्युत, सडकलगायत कृषि र पर्यटन पूर्वाधारको विकासमा जोड दिएको पाइन्छ । यसका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँचको बढी आस राखेका छन् ।
३) जनताले राखेका आशा र अपेक्षालाई पूरा गर्ने तपाईसँग के–कस्ता कार्ययोजना छन् ?
– खाँदबारी नगरपालिका जिल्लाको पहिलो नगरपालिका भए पनि यहाँभित्र धेरै समस्या छन् । अहिले पनि बजार क्षेत्रका केही मूल सडकबाहेक अन्यत्र क्षेत्रमा वर्षात्को समयमा यातायात सेवा अवरुद्ध हुने गरेको छ । त्यसैले नगरका प्रत्येक वडाका बस्तीलाई व्यवस्थित सडकले जोड्ने मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसपछि नगरपालिकाभित्र विकराल समस्याको रूपमा रहेको खानेपानी समस्या समाधान गर्न अहिले सञ्चालित योजनाहरू व्यवस्थित गर्ने, नगरभित्र प्रत्येक वडामा भएका पानीका मुहानहरूको संरक्षण गर्ने, विद्युतीकरण, टेलिफोन सेवा र सूचना प्रविधिले युक्त नगरपालिका बनाउनेछु ।
बजारका साथै ग्रामीण क्षेत्रको सडकको स्तरोन्नति र ढलनिकासलगायत सरसफाइको कार्यलाई प्रमुख प्राथमिकता दिनेछु । पर्यटन पूर्वाधार विकासका लागि पूर्वको प्रसिद्ध तीर्थस्थल मनकामना धामलाई पर्यटनको प्रमुख गन्तब्यस्थलका रूपमा स्थापित गराउन पहल गर्नेछु । सभाखोला आसपासका क्षेत्रमा पार्किङ, गार्डेनिङसहित स्विमिङ, फिसिङलगायतका मनोरञ्जन लिन सकिने स्थानको रूपमा विकास गर्नेछु । त्यसैगरी, छ्यांकुटीमा भ्युटावर स्थापना, सेकाहा पामालाई इको टुरिज्मको रमणीयस्थलको रूपमा विकास गर्दै होमस्टे र प्याराग्लाइडिङको सुविधामार्फत बाह्य तथा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न तत्काल पूर्वाधार तयार गरी काम अघि बढाउने छु ।
४) अहिले सहर अस्तव्यस्त छ, यसलाई व्यवस्थित गर्ने तपाईंसँग कस्तो रणनीति छ ?
– जनप्रतिनिधि नहुँदा विकास निर्माणका धेरै काम अव्यवस्थित भएका थिए । जथाभावी घर संरचनाहरू निर्माण हुँदा सहर झन् झन् कुरूप र अव्यवस्थित बन्दै गएको छ । साना सडकमा जथाभावी राखिएका निर्माण सामग्री र सवारीसाधनले आवतजावतमा ठूलो समस्या भइरहेकाले मेरो पहिलो प्राथमिकता भनेको भवन निर्माण आचार संहितालाई पूर्णरूपमा लागू गर्ने, ठूला र साना सवारीसाधनका लागि छुट्टाछुट्टै बसपार्क, ट्याक्सी स्ट्यान्डहरू बनाउने व्यवस्था गर्नेछु । सूचना र सञ्चारको सुविधालाई थप प्रभावकारी र बनाउन खाँदबारी नगरपालिकाका महत्वपूर्ण स्थलहरूलाई फ्रि वाईफाई जोनको रूपमा विकास गर्नेछु ।
५) तपाई निकै लोकप्रिय नेता हुनुहुन्छ, तपाईसँग युवा, वृद्धवृद्धा र असहायका लागिका लागि के कार्यक्रम छन् ?
– युवा देशका कर्णधार हुन् । बेरोजगारीको समस्याबाट ग्रसित युवा पुस्ता आज संखुवासभाबाट सयौंको संख्यामा विदेश पलायन भइरहेका छन् । उनीहरूलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न सुलभ मूल्यमा मलबीउको उपलब्धता, कृषि अनुदान र व्यावसायिक तालिमको व्यवस्था गरिने छ । कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गरी व्यावसायिक कृषि पशुपालन र तरकारी खेतीमार्फत कृषकहरूको जीवनस्तर उकास्न पहल गर्नेछु । खेल क्षेत्रको विकासका लागि सुविधा सम्पन्न खेलमैदान र कभर्ड हलको निर्माण गर्न पहल गर्नेछु । त्यसैगरी हामिलाई मार्गदर्शन गर्नुहुने नगरभित्रका समस्त वृद्धवृद्धाहरूको सुखद् जीवनयापनका लागि नगरभित्र व्यवस्थित वृद्धाश्रमको निर्माण गर्न पहल गर्नेछु ।
६) पछिल्लो समय भ्रष्टाचार व्याप्त छ, भ्रष्टाचाररहित नगरपालिका बनाउने तपाईको योजना के छ ?
– सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुयाउने भनेर सरकारले विभिन्न संरचनालाई जनउत्तरदायी र पारदर्शी बनाएको छ । विकास निर्माणदेखि नगरपालिकाले गर्ने हरेक गतिविधिलाई अब जनताले नजिकबाट नियाल्न सक्नेछन् । संविधानमै उत्तरदायी जनप्रतिनिधिमार्फत जनसहभागितामूलक विकासमा जोड दिएको छ । योजना निर्माण गर्ने, कार्यान्वयन गर्ने र अनुगमन गर्नेलगायत समृद्ध नागरको खाका कोर्नेसम्मको अधिकार जनप्रतिनिधिमै हुने भएकाले जनताप्रतिले आफ्नो जवाफदेहितालाई कहिल्यै बेवास्ता गर्न मिल्दैन । विकास निर्माण, अनुगमन र सेवा प्रवाहको अवस्थाका बारेमा पनि जनप्रतिनिधि र नगरवासीले निरन्तर ‘वाच डग’ को रूपमा काम गर्न सक्ने भएकाले अब भ्रष्टाचार स्वस्फूर्त रूपमा नियन्त्रण हुन्छ ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












