जन्मदिनमा ज्ञानेन्द्रको सन्देशः ‘हामी कस्तूरी हराएको मृग झैं हराई रहेका छौं’
काठमाडौं, २३ असार । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । आफ्नो ७१ औं जन्मदिनको अवसरमा सार्वजनिक गरेको आफ्नो धारणामा उनले देश संकटमा पर्दा देशवासीले अभुतपूर्व एकता देखाउने गरेको र यसलाई सधै तयार हुनुपर्ने बताएका छन् । पूर्वराजा शाहले भनेका छन्, ‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेका बेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराइरहेका छौं । हामी कृयाशील ऊर्जा बोकेर बिउँतन अब ढिला गर्नु हुँदैन ।’
पूर्वराजा ज्ञानेन्द्रले देश जोगियोस् र विखण्डनमा नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर होस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताए । ‘यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो,’ उनले भनेका छन् ।
जन्मदिनको दिन ज्ञानेन्द्रले सार्वजनिक गर्नुभएको धारणा यस्तो छ :
आरोह, अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छू । यो असारको २३ सौं दिनदेखि म ७१ वर्षको उमेरमा टेकेको छु ।
यो जन्मदिनको उपलक्ष्यमा मलाई शूभेच्छा प्रकट गर्ने, शूभकामना दिने र म प्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदीबहिनी तथा दाजूभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु ।
पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो । हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मुल चाहना र कामना यही नै हो ।
देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सूदृढ राष्टिङय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो । यस्तो भावना आम नेपालीमा र खास गरि राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो ।
राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जूट हुनु परेको छ । हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपुर्व एकताका लागि हामी सबै सधैं नै तयार रहनु पर्दछ ।
पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं । हामी कृयाशिल उर्जा बोकेर बिउंतन अब ढिला गर्नू हूंदैन ।
निराशा बोकेर विदेशिएको उर्जाशिल यूवाशक्तिलाई स्वदेशमै गरि खाने बाटो बनाई दिन उपाय खोज्न पनि हामी नै जागरुक हूनू पर्दछ ।
“नेपाली हामी रहौंला कहां नेपालै नरहे” भन्ने सारभुत सूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक आग्रह गर्दछु ।
श्री पशूपतिनाथले हामी सबैमा सूबूद्धि र प्रेरणा दिउन् ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











