तुलसीपुरका व्यापारी श्रेष्ठको हत्याराबारे सुचना दिनेलाई एक लाख पुरस्कार
दाङ, २३ असार । प्रहरीले तुलसीपुरका व्यवसायी राजनकुमार श्रेष्ठको हत्यामा संलग्नबारे सूचना दिनेलाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । श्रेष्ठको हत्यामा संलग्न मुख्य योजनाकारसहित तीन फरार अभियुक्तबारे सुचना दिनेलाई पुरस्कारको घोषणा गरिएको हो । प्रहरीले एक सूचना जारी गर्दै श्रेष्ठको हत्यामा संलग्न तीन फरारबारे जानकारी दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।
तुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक श्रेष्ठको अपहरण पश्चात हत्या भएको थियो। मुख्य योजनाकार शान्तिनगरका टिकाराम घर्ती, उनकी छोरी पूजा र सल्यान झिम्पेका मानवहादुर भण्डारीको तस्बिर सार्वजनिक गर्दै उनीहरुबारे सूचना दिन प्रहरीले सर्वसधारणहरुसँग अपिल गरेको छ।
प्रहरीका अनुसार टिकाराम घर्ती र उनकी छोरी पूजा श्रेष्ठ हत्याकाण्डका योजनाकार हुन्। टिकारामले आफ्नी १७ बर्षिया छोरी पूजालाई प्रयोग गर्दै फोनमार्फत् घरबाट बोलाउन लगाई व्यवसायी श्रेष्ठको अपहरण गरेका थिए। उनीहरुको यो योजना ३ करोड रुपैयाँ फिरौतीका लागि बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले बताए।
टिकाराम र पुजाकै योजना अनुसार जेठ २६ गते बेलुका अपहरणमा परेका श्रेष्ठ अपहरण भएको झण्डै तीन सातापछि गत शुक्रवार सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थीत जंगलमा मृत फेला परेका थिए। अपहरण भएको तीन दिनपछि नै अपहरणकारीले श्रेष्ठको हत्या गरिदिएको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न ७ मध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ‘मुख्य योजनाकारसहित तीन जना अहिलेसम्म फरार छन्,’एसपी सिंहले भने ‘उनीहरुबारे सूचना दिनेलाई एकलाख रुपैयाँ पुरस्कार घोषणा गरिएको छ।’ श्रेष्ठको हत्या भैसकेपछि अपहरणकारीहरुले श्रेष्ठको घरमा फोन गरेर तीन लाख फिरौती रकम माग गरेका थिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












