सप्तरीका बाढी पीडितको उचित व्यवस्थापन गर्न गृहमन्त्री शर्माको सिडिओलाई निर्देशन
सप्तरी, २३ असार । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई बाढी पीडितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न प्रधानमन्त्री देउवासँगै सप्तरी पुगेका मन्त्री शर्माले सिडिओलाई गाँस, बास र स्वास्थ्य उपचारमा ध्यान दिन निर्देशन दिएका हुन् । उनले यसमा कुनै समस्या आए मन्त्रालयले तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
तिरहुत गाउँपालिका ५ भेडियाका बाढी पीडितहरुसँगको भेटमा मन्त्री शर्माले बाढी प्रभावितहरुको पक्षमा गृहमन्त्रालय सधैं साथमा रहने प्रतिबद्धता जनाए । औपचारीक कार्यक्रमलाई सम्वोधन गरेपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले दिर्घकालिन योजना बनाएर बाढी प्रभावितहरुको ब्यवस्थापन गर्नुपर्ने बताए ।
‘स्थानीय सरकारसँग मिलेर बस्ती विकासको योजना बनाउनुपर्छ,’ उनले भने, ‘बाढी पसेको ठाउँमा फेरि घर बनाएर समस्याको समाधान हुँदैन ।’
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












