उपमहानगरको प्रमुखमा उम्मेदवारी दिएका सातजनाको धरौटी जफत

धनगढी, २५ असार । धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजनाको जमानत जफत भएको छ ।प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन तिवारी नौ, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद चौधरी २३६, नेपाल परिवार दलका खड्कसिंह नागरी पाँच, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट ५१ र नेपाल लोकतान्त्रिक फोरमका प्रेम बिसी ४५९ मतको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी उपप्रमुखमा उम्मेदवारी दिएका आठजनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा नयाँ शक्ति पार्टी, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, राजमो, नेमकिपा, नेपाल परिवार दलका प्रत्यासी र दुईजना स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानूनी प्रावधान छ ।
उपमहानगरको चुनावमा कुल ५४ हजार ६५६ मत खसेकामा प्रमुखमा ४७ हजार ७६६ मत र उपप्रमुखमा ४४ हजार ५७६ मत सदर भएको छ ।प्रमुखमा विजयी काँग्रेसका नृप वडले १४ हजार ३२४, प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७, नेकपा (माओवादी केन्द्र) का रामसमझ रानाथारुले १० हजार २०९, एमालेका दुर्गाप्रसाद जोशीले नौ हजार ९४६ मत प्राप्त गरेका थिए ।
यसैगरी उपप्रमुखमा विजयी काँग्रेसका सुशीला मिश्र भट्टले १७ हजार ४०८, एमालेकी रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत, माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले १० हजार २५२ मत प्राप्त गरेकी थिइन् । प्रमुखमा तीन हजार ९८१ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएको छ । कैलालीका १३ स्थानीय तहमध्ये एमाले सात, काँग्रेस तीन, माओवादी केन्द्र दुई र नेपाल लोकतान्त्रिक फोरम एक तहमा विजयी भएको छ । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












