यी हुन्, जसले श्रीमतीको हत्या गरि टाउको साइकलमा बोकेर प्रहरीमा पुगे, प्रहरीको होसै उड्यो
कोहलपुर, २७ असार । इलाका प्रहरी कार्यालय कोहलपुरको गेटमा सोमबार रातको १० बजे एक व्यक्ति साइकलमा पुग्छ । उसले भन्छ–‘मैले श्रीमतीको हत्या गरेर टाउको सँगै ल्याएको छु ।’ ड्युटीमा खटिएकी महिला प्रहरी आत्तिएर जानकारी गराउन कार्यालयमा पुग्छिन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरको इतिहासमा पहिलो पटकको घटना हुन सक्छ, अपराध गरिसकेपछि आत्मसर्पणका लागि अपराधको प्रमाणसँगै अपराधी प्रहरीसम्म पुगेको । कोहलपुर नगरपालिका वडा नम्बर ४ निवासी मोहम्मद अप्ताव वेडुवाले आफ्नै श्रीमतीलाई निर्ममतापूर्वक हत्या गरी टाउको शरिरबाट अलग गरी आत्मसमर्पण गर्न इलाका प्रहरी कार्यालय कोहलपुर परिसरमा पुग्दा ड्युटीमा खटिएका प्रहरी अधिकृत लगाएतका सुरक्षाकर्मीहरु अचम्मित भए ।
सुरुमा त हामीलाई पत्याउनै मुस्किल भयो, जघन्य अपराधका मुख्य दोषीहरु कमै मात्र प्रहरीसँग आत्मसर्पण गर्न आउने गर्छन्, ड्युटिमा खटिएका एक प्रहरी इन्चार्जले भने । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ४ निवासी रुप्सन बेडुवालाई उनकै श्रीमानले निर्ममतापूर्वक घाटी रेटेर हत्या गरेको पुष्टि भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १५ मा पर्ने अकलघरुवामा सिक्टा नहरको नजिक श्रीमतीको हत्या गरेको बयान अप्तावले प्रहरीलाई दिएपछि प्रहरी घटनास्थलमा पुग्दा ३ महिनाको बच्चा सडकको छेउमा र बच्चा भन्दा केही पर टाउको बिनाकी उसकी आमाको शब फेला परेको कोहलपुर प्रहरीले जनाएको छ । लामो समयदेखि श्रीमान श्रीमतीको सम्बन्ध चिसिदै गएको र अप्ताप दोस्रो श्रीमतीसँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
सोमबार भारतीय सिमावर्ती शहर रुपैडिया पुगेर घर फर्कनेक्रममा हवल्दारपुरबाट करिब १ किलोमिटर भित्र अकलघरुवामा घटना भएको प्रहरीको भनाई छ । प्रहरीले अप्तावकी कान्छी श्रीमती पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












