बडीगाड खोलामा फेलापरेको महिलाको शव पहिचान, गुल्मीकी गीता नेपाली रहेको खुलाशा
बागलुङ, २७ असार । बडीगाड खोलामा फेला परेको महिलाको शवको पहिचान भएको छ । बडीगाड गाउँपालिका खर्वाङ बजार नजिक बडीगाड खोलामा सोमबार एक महिलाको बेवारिसे शव फेला परेको थियो । मृतक महिला गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ साविक पौँदी अमराई गाविस ९ की वर्ष ३५ की गीता नेपाली रहेको प्रहरीले जनाएको छ ।
मृतक गीता नेपालीको गुल्मी साविक ईस्मा गाविसमा विवाह भएको र १३ वर्षकी एक छोरी र ३ भाई छोराहरु रहेको स्थानीयको भनाई छ । श्रीमानसँग राम्रो सम्वन्ध नभएका कारण मृतक गीता माईती घर नजिकै छाप्रो बनाएर बस्दै आएकी थिईन् ।
मृतक गीता र उनकी भाउजू सीता नेपाली लव्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न आउने गरेका र घटनाका दिन दुबै नन्द भाउजू काम सकेर घरतिर फर्कदैँ गर्दा सोहि पुलमा काम गर्ने कुनै केटाको फोन आएपछि म एक छिन पछि आउछु भनी भाउजूलाई पठाएर मृतक गीता त्यहि बसेकी थिईन् । धेरैबेर सम्म गीता नआएपछि भाउजू सीताले गीताको मोबाईलमा फोन गर्दा स्वीजअफ भएको र भोलि भेट भैहाल्ला नि भनेर घर गएको बताईएको छ ।
मृतक गीता र त्यस युवकबीच निकट सम्वन्ध भएका कारण बराबर फोनमा कुराकानी, भेटघाट भईरहने गर्दथ्यो । दुवैबीच अवैध सम्वन्ध भएकै कारण यो घटना घट्न गएको व्यापक चर्चा बाहिर आएको छ । दुबैवीचको अनैतिक यौन सम्पर्कबाट गर्भ रहन गएपछि यो घटना भएको स्थानीयले आशंका गरेका छन् भने बलात्कार पछी हत्या गरी बडीगाड खोलामा शवलाई फालेको हुनसक्ने पनि चर्चा चलेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












