आजदेखि चक्रपथमा ठूला सवारी चल्न पाउँदैनन्, चलाउनेलाई कारबाही गर्न ट्राफिक परिचालन
काठमाडौं, २८ असार । आजदेखि उपत्यकाको चक्रपथमा बिहानसाँझ ट्रक र ट्रिपर चलाउन रोक लागेको छ । चक्रपथ क्षेत्रमा बिहान र साँझ ट्रक, ट्रिपर र मिनी ट्रक सञ्चालनमा रोक लागेको हो । राजधानीमा बिहान र साँझ यात्रुबाहक सवारी साधनको आवागमन बढी हुने भएकोले ट्राफिक जाम घटाउन यो निर्णय लिइएको हो।
यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा ट्रिपर व्यवसायी महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको संयुक्त बैठकमा बिहान ९ देखि ११ बजे तथा साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने सहमति भएको थियो ।
अब दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनी ट्रक र ट्रिपर पनि यो समयमा राजधानी प्रवेश गर्न पाउने छैनन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले कोटेश्वर क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले चक्रपथ यी सवारी साधन सञ्चालनमा रोक लगाइएको बताए।
मुग्लिङ–नारायणगढ सडक राति बन्द भएसँगै चक्रपथमा सवारी चाप बढेको छ। साथै, मुग्लिङ–नारायणगढ सडकको विकल्पको रुपमा पूर्वी नेपालबाट भित्रिने सवारी साधनको चाप बीपी राजमार्गमा परेको छ। यसअघि बिपी राजमार्ग भएर दैनिक एक हजार ५०० जति गाडी भित्रिन्थे। अहिले दैनिक ६ हजार ५०० को हाराहारीमा आउने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












