इटहरीमा भीषण आगलागी हुँदा सात करोड बराबरको क्षती
इटहरी, ३० असार । सुनसरीमा भीषण आगलागी भएको छ । गएराति इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा भीषण आगलागी भएको प्रहरीले जनाएको आगलागीबाट करिब रु साढे ६ करोड बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
विद्युतको मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ ।
कार्कीले सञ्चालन गरेको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब रु ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारी दिएका छन् ।
दोकान घरमा मानिस नबस्ने र दोकान घरको सुरक्षार्थ रहेका कर्मचारी घर बाहिरै रहने गरेकाले आगलागी हुनासाथ तत्काल बारुणयन्त्र, प्रहरी र स्थानीयवासीलाई हल्ला गरेर उठाएका कारण मानवीय नोक्सानी भने नभएको बताइएको छ ।
राधाकृष्ण पेट्रोल पम्पसँगै एक घर पूर्वपट्टिको घरमा लागेको आगोलाई इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आज बिहान ४ बजेतिर आगो नियन्त्रणमा लिने सफलता मिलेको मार्बल व्यवसायी युवराज कार्कीले जानकारी दिए ।
आगलागीमा भएको नोक्सानीका विषयमा प्रहरीले प्रारम्भिक नोक्सानीको आँकडा लिने कार्य गरिरहेकाले आगलागीको वास्तविक नोक्सानीको विवरण आउन समय लाग्ने बताइएको छ । पेट्रोल पम्पसँगैको घरमा लागेको आगोलाई सावधानीपूर्वक नियन्त्रणमा लिने सफलताले इटहरीमा हुनसक्ने सम्भावित ठूलो दुर्घटनाबाट जोगिन पुगेको प्रहरीको भनाइ रहेको छ । रासस
Comments
अरु समाचार
-
एमाले सचिवालय बैठकमा आज विधान संशोधन प्रस्ताव लैजाने तयारी
काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक...
-
निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...












