सर्पले टोकेर रुपन्देहीमा एक वर्षमा १५ जनाको मृत्यु
रुपन्देही, ३० असार । रुपन्देहीमा सर्पले टोकेर एक वर्षमा १५ जनाको ज्यान गएको छ । एक वर्षको अवधिमा उपचारको लागि आएका सर्पदंशका बिरामीमध्ये लुम्बिनी अञ्चल अस्पताल बुटवलमा १२ जना र भैरहवाको भिम अस्पतालमा ३ जनाको ज्यान गएको हो ।
भैरहवामा रहेको भिम अस्पतालमा १ हजार ८ सय ३ जना सर्पदंशका बिरामी उपचारको लागि आएका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा १ हजार ३ सय सर्पदंशका बिरामी मध्ये १२ जनाको ज्यान गएको हो ।
अहिले पनि अस्पतालमा ७ जना सर्पदंशका बिरामीको उपचार भइरहेको छ । सर्पदंशको उपचार निःशुल्क हुन्छ । तर औषधीको अभावमा २७ जना बिरामीको अन्यत्र रिफर गर्नुपरेको अधिकृत रेग्मीको भनाई छ । पुरुष भन्दा बढी महिला र केटाकेटी सर्पदंशको शिकार भएका छन् ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...











