दमक नगरपालिकाले नेपालमै पहिलो पटक ‘नलेज बैंक’ खोल्ने
झापा, ३० असार । झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले सम्भवतः नेपालमा नै पहिलोपटक ‘नलेज बैंक’को अवधारणा ल्याएको छ । दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले त्यस्तो ‘नलेज बैंक’ (ज्ञान भण्डार) को अवधारणा ल्याएको हो ।
नगरप्रमुख रोमनाथ ओलीले सबै क्षेत्रको नगरसम्बन्धी दृष्टिकोण तथा विचारलाइ सङ्ग्रहित गर्नका लागि ‘नलेज बैंक’ स्थापना गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नगरलाई समृद्ध गराउन देश–विदेशका अनुभवलाई साटासाट गर्न तथा यहाँको प्राज्ञिक अनुभवलाई उपयोग गर्न नलेज बैंकको अवधारणा ल्याउन पहल गरेका हौँ ।”
यस्तो अवधारणा झट्ट सुन्दा अचम्म लागे तापनि यसबाट नगरपालिकालाई फाइदा पुग्ने नगरप्रमुख ओली बताउनुहुन्छ । ओलीले रगत जम्मा गरेर धेरैको ज्यान बचाउने काम ब्लड बैंकले गरेजस्तै विकासका लागि बुद्धिजीवीका सुझाव र योजनालाई सङ्ग्रहित गर्नका लागि यस्तो अवधारणा उपयोगी हुने दाबी गर्नुहुन्छ ।
उहाँले जनप्रतिनिधि र कर्मचारीसँगै प्राज्ञिक व्यक्तित्वको अनुभवलाई एकै ठाउँमा उपयोग गर्न यस्तो प्रयास शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसहरुको बुद्धि र विवेकलाई पनि जम्मा गर्न सकिन्छ र आवश्यकता परेको अवस्थामा रोयल्टी तिरेर भएपनि त्यसको प्रयोग गर्नुपर्छ ।” यो बैंकमा राखिएका विचार तथा दृष्टिकोणलाई आधुनिक कम्प्युटर प्रविधिबाट विश्वका जुनसुकै ठाउँमा आदान प्रदान गर्नसमेत सकिने उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












