नेपालमा आजदेखि लागू हुने भनिएको क्लिन फिड नीति लागू भएन्
काठमाडौं, १ साउन । अन्ततः सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । नेपाली टेलिभिजन व्यवसायीहरुसँग निरिह बन्दै सरकार आजदेखि कार्यान्वयनमा आउने भनिएको क्लिन फिड नीतिबाट पछि हटेको हो । सञ्चार मन्त्रालयले एक सूचना जारी गरी सो नीति कार्यान्वयनका सम्बन्धमा गर्नुपर्ने कतिपय कार्यहरु गर्न बाँकी रहेकोले तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।
नेपालीले पैसा तिरेर हेर्ने गरेको विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बनाउने नीति अन्ततः कार्यान्वयनमा नआउने भएको हो । उपभोक्ताले च्यानलकै लागि पैसा तिरिसकेपछि उसको विज्ञापन पनि हेरिरहन आवश्यक नहुँने विश्वव्यापी प्रचलन अनुशार नेपालमा पनि क्लिन फिड नीति लागू गर्न खोजिएको थियो ।
भारतीय टेलिभिजन च्यानलहरुको साझा संस्था इन्डियन ब्रोडकास्टिङ फेडेरेसनले नेपालमा क्लिन फिड लागू भए विज्ञापनरहित सामाग्री मात्रै पठाउन नसक्ने जनाएको थियो । यस्तो नीति नेपालका लागि घातक हुने र नेपालको आर्थिक समृद्धिमा यो नीति ठीक नहुने भन्ने अर्तिउपदेशले भरिएको विज्ञप्ति सो संस्थाले जारी गरेको थियो ।
त्यो भन्दा पनि नेपालमा टेलिभिजन च्यानलहरुले नै यो नीतिमा भिलेन खेल्दिएपछि नेपालमा तत्काल क्लिन फिड नीति लागू नहुने भएको हो । नेपालका टेलिभिजन च्यानलहरुले विदेशी च्यानलमा भारतको विज्ञापन नबजेर नेपालको विज्ञापन हालियो भने आफ्ना टेलिभिजनहरुले विज्ञापन नपाउने भनेर विरोध गरेपछि यो नीति कार्यान्वयनमा नआएको हो ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












