अबदेखि १.५ इन्चको पीच अनिवार्य, एक वर्षसम्म बाटो भत्किए ठेकेदारकै पैसाले बनाईने
ललितपुर, १ साउन । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्र बन्ने सडकमा १.५ इन्चको पीच अनिवार्य हुनुपर्ने प्रावधान राखेको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शनिबार आयोजना गरिएको पहिलो नगरसभालाई सम्बोधन गर्दै ठेकेदारसँग सम्झौता गर्दा नै यस्तो सम्झौता गर्ने नीति महानगरपालिकाले अवलम्बन गर्ने बताएका हुन् ।
कमसल खालको पीच गर्दा एक महिनाभित्र नै भत्किने र खाल्डाखुल्डी हुने समस्या आएपछि महानगरपालिकाले यस्तो नीति अवलम्बन गरेको हो । अब ठेकेदारले एक वर्षसम्म पूरा भुक्तानी पनि नपाउने भएका छन् । सडक निर्माण गरेको एक वर्ष भित्र नै खाल्डा खुल्डी हुने र पीच उप्किन थाल्यो भने ठेकेदारले पाउने पैसाबाट नै सडकको ममर्तत गरिने उनले बताए ।
यसैबीच नगरको घनावस्ती तथा ऐतिहासिक पर्यटकीय स्थलहरुमा पीच गर्न र ढलान विच्छ्याउन प्रतिबन्ध लगाईएको छ । त्यस्ता बस्तीहरुमा आवश्यकता अनुसार जतिसक्यो छिटो ईट्टा, ढुंगा र ब्लकहरु छाप्ने कार्यलाई निरन्तरता दिईने पनि प्रमुख महर्जनले जानकारी दिए ।
त्यस्तै, सडक विस्तार गर्ने सम्बन्धमा खानेपानी ढल तथा विद्युतको पोल स्थापित भईसकेको सडकलाई स्तरोन्नती एवं निर्माणमा प्राथमिकता दिईने र गुणस्तर नियन्त्रण गर्न कालोपत्रे गर्ने कार्यको ल्याव टेस्ट प्रतिवेदन अनिवार्य रुपमा पेश गर्ने व्यवस्थालाई निरन्तरता दिईने पनि प्रमुख महर्जनले जानकारी दिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












